Logo

२०८३, श्रावण ३०गते


images
images

बालेनको काममा महेश बस्नेतको असन्तुष्टि, फेसबूकमै चल्यो 'घोंचपेच'

बालेनको काममा महेश बस्नेतको असन्तुष्टि, फेसबूकमै चल्यो 'घोंचपेच'

images
  • बालेनको काममा महेश बस्नेतको असन्तुष्टि, फेसबूकमै चल्यो 'घोंचपेच'
    images
    images

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गर्दै आएको कार्यप्रति असन्तुष्टी जनाएका छन्।

    images
    images
    images

     प्रमुख शाहले काठमाडौं महानगर भित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तिव्रता दिएका छन् । यस्ता कार्यमा उनी आफै उपस्थित भएर गर्ने गरेका छन्। यसैप्रति असन्तुष्टी जनाउँदै बस्नेतले शाहलाई सामाजिक सञ्जालमा तिखो प्रहार गरेका छन्।

    images
    images
    images

    ‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसि लाग्यो। तपाईंलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ। मेरो घरको नक्सा हेर्न मन भए सुर्यबिनायक नगर पालिकामा काजमा आउनुहोला,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

    images
    images
    images

    बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख शाह र अल्फा बिटाको सञ्चालकबीच नक्सालाई लिएर भनाभन भएको थियो । पछि अफिस गएर नक्सा ल्याई शाहले उक्त संरचना भत्काएका थिए।

    ‘तपाँइलाई भत्काउने र ध्वसं गरेर हिरो हुन्छु भन्ने लाग्या होला। हाम्रोतिर ध्वसं होइन निर्माणको लहर चलेको छ। यताका डोजरमा मेयर चड्दैनन् ड्राइभर चड्छन्। डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला,’ उनले लेखेका  छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।