Logo

२०८३, श्रावण २७गते


images
images

अक्सिजन अभाव

'ट्रमामा आउनुपर्ने अक्सिजन पुलिसका ठूलो मान्छेहरुले लगे' - डा. सन्तोष पौडेल

'ट्रमामा आउनुपर्ने अक्सिजन पुलिसका ठूलो मान्छेहरुले लगे' - डा. सन्तोष पौडेल

जीवन बचाउँन दिनरात खट्ने एक अस्पतालका निर्देशकको गृहसचिवसंग आक्रोश : यो देशमा पुलिसको दादागिरी चल्दो रैछ हैन सचिवज्यू? , बरु मेरो अस्पताल तिनैलाई जिम्मा लगाइदिनुहोस् सर, मलाई हटाइदिनुस्!
images
  • 'ट्रमामा आउनुपर्ने अक्सिजन पुलिसका ठूलो मान्छेहरुले लगे' - डा. सन्तोष पौडेल
    images
    images

    अत्यन्तै मर्माहत छु साथिहरू! 
    साँझ ५:४९ बजे 
    आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो 
    ‘सर, अक्सिजन सकिनै लाग्यो!’
    ‘कसरी!’ आज त हामीहरुलाई ५० सिलिण्डरका दरले ४-४ घण्टामा दिने हैन र! 
    ‘हो सर, तर   ४ बजे आउनुपर्ने Gas अझै आएन। सर कम्पनीमा सोधिदिनुहोस् न किन आएन? अब १५ मिनेटलाई मात्र पुग्छ।’

    images
    images
    images

    यार तपाई ! मानिसहरु Ventilator मा छन्, oxygen बिना एक मिनेट रहन सक्दैनन्, खेलाँची सम्झनु हुन्छ यो मानव जीवनलाई! ती मानिसको मृत्यु भएमा जिम्मेवार को? तपाई कि म! कि ती ‘ठूला पुलिस’ ?

    images
    images
    images

    मैले कम्पनिको owner सँग फोन गर्छु, ‘…..जी खैत आज पनि त्यस्तै भो किन? बिरामी त मर्छन् केहिबेरमा यदि supply भएन भने त।’ 
    ‘४ बजे नै आउनुपर्ने किन ढिला भयो त?’
    ऊ-सर हजुरहरुलाई राखेको Oxygen Cylinder पुलिसको ठूलो मान्छेहरु आएर लिएर गए। 
    हामीले के भन्ने सर, जबरजस्ती गरेपछि!
    म ट्वाँ ! (रिस र पिडाले रुन मात्र सकिन)
    म; अब के हुन्छ? 
    ऊ: हैन सर १० वटा पठइदिहाल्छु।
    म: यार तपाई ! मानिसहरु Ventilator मा छन्, oxygen बिना एक मिनेट रहन सक्दैनन्, खेलाँची सम्झनु हुन्छ यो मानव जीवनलाई! ती मानिसको मृत्यु भएमा जिम्मेवार को? तपाई कि म! कि ती ‘ठूला पुलिस’ ?
    ऊ-सर त्यो त म के भनुँ।
    नि:शब्द !
    त्यस पछि गृह सचिवज्यूलाई फोन गरेँ 
    र भनेँ, यो देशमा पुलिसको दादागिरी चल्दो रैछ हैन सचिवज्यू? , बरु मेरो अस्पताल तिनैलाई जिम्मा लगाइदिनुहोस् सर, मलाई हटाइदिनुस्!
    उता:     ….. यस्तै हो ..  म बुझ्छु      …..!!
    पिडा छ हजुर 
    जीवनमा डाक्टर भएँ !
    मानव जीवनलाई माया गरेँ।
    आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु, 
    मजस्तै जीवनहरु तिमीहरुलाई बचाउँन सकिन, माफ गर 
    हार्दिक श्रद्दान्जली प्रिय जीवनहरु!

    images
    images
    images

    -(ट्रमा सेन्टरका निमित्त निर्देशक डा. सन्तोष पौडेलले सामाजिक सञ्जालमा राखेको अनूभव)

    (स्वास्थ्यखबर डट कमबाट साभार )

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।