काठमाडौं । हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन्।
उनी अगामी ४ मंसिरमा हुन लागेको निर्वाचनमा झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने भएका हुन्। उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र समेत हो।
जिग्रीले स्वतन्त्र उम्मेदवारबाट उम्मेदवारी दिन बिषयमा बनेको ब्यानर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
उनले आधिकारिक घोषणा नगरेको भए पनि आफू यसको तयारीमा रहेको बताए। उनले भने,‘निर्वाचन पनि आउनै लाग्यो, ढिला गर्ने समय पनि छैन, अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन। म साथीहरुसँग छलफल गर्दैछु।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology