Logo

२०८३, आश्विन १०गते


images
images

माओवादी केन्द्रले ताेक्याे कास्कीका चुनावी कमाण्डर 

माओवादी केन्द्रले ताेक्याे कास्कीका चुनावी कमाण्डर 

images
  • माओवादी केन्द्रले ताेक्याे कास्कीका चुनावी कमाण्डर 
    images
    images

    राजेश पराजुली, पाेखरा । नेकपा (माओवादी केन्द्र)ले कास्कीका सबै निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ ।
     मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि  
    पार्टीको प्रदेश कमिटीको बैठकले प्रतिनिधिसभाका तीन क्षेत्रमा केन्द्रीय सदस्यले नेतृत्व गर्ने गरी चुनावको कमाण्डर तय गरेको हो ।

    images
    images
    images

     प्रदेशसभाका पाँच क्षेत्रमा चुनावी जिम्मेवारी तोकिएको छ ।

    images
    images
    images

    प्रतिनिधिसभा निर्वाच क्षेत्र नं १ को चुनावी कमाण्डरमा पार्टी केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य तेजकुमारी पौडेल तोकिएकी छन् । प्रदेशसभा १(१) केन्द्रीय सदस्य सोमती तमु र प्रदेशसभाका १(२)मा पार्टी केन्द्रीय सदस्य बखानसिँह गुरुङले चुनावी कमाण्ड गर्ने माओवादीले जनाएको छ ।

    images
    images
    images

    यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को चुनावी कमाण्डरमा पार्टी केन्द्रीय सदस्य एवं युवा नेता सुमन देवकोटा तोकिएका छन् । उनी वाइसियलको निर्वतमान केन्द्रिय अध्यक्ष समेत हुन।

    प्रदेशसभा निर्वाचन क्षेत्र नं २(१) मा गंगा पोखरेल कमाण्डमा टिम परिचालन हुने जनाइएको छ । उनी भूमि आयोग कास्कीको अध्यक्ष हुन । २(२)मा टुँगिन बाँकी रहेको बताइन्छ ।

    यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ को चुनावी कमाण्डरमा पार्टीका केन्द्रीय सदस्य रामजी प्रसाद बराल(जीवन)लाई जिम्मेवारी तोकिएको छ । उनी गण्डकी प्रदेश सरकारको अर्थमन्त्री समेत छन्  । यसैगरी ३(१)को कमाण्डर केन्द्रीय सदस्य आसमान रोका र ३(२) को चुनावी कमाण्ड केन्द्रीय सदस्य एवं सांसद दुर्गा विकले गर्ने माओवादीले जनाएको छ ।

    आसन्न निर्वाचनमा माओवादीले कास्कीमा प्रतिनिधिसभातर्फ कम्तिमा १ र प्रदेशसभामा दुई सिट नछाड्ने अडान गठबन्धनमा लिएको छ । विसं २०७४ मा नेकपा(एमाले) र माओवादी केन्द्रकाबीचमा चुनावी तालमेल हुँदा माओवादीले कास्कीमा प्रदेशसभाका तीन सिट पाएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।