गुल्मी । गुल्मीमा सडक बालबालिका व्यवस्थापनमा जिल्लाका सराेकारवलाहरुकाे सक्रियता सार्थक बनेको छ । झण्डै ५० दिनमा सडक बालबालिका व्यवस्थापनमा गर्न निर्माण गरिएको कार्यदल सफल देखिएको हाे ।
आइतबार जिल्लाभित्रका अभिभावक विहीन सडक बालबालिकाको पहिचान गरी उचित व्यवस्थापन गरिएको छ । पहिचानका लागि कार्यदल नै गठन गरी सडक बालबालिकाहरूको पहिचान गर्नका लागि जिल्लामा जिल्ला शिक्षा समन्वय इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनी संयोजक रहेको पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो ।
जसको सदस्यहरूमा जिल्ला समन्वय समिति गुल्मीबाट विष्णु भुसाल, रेसुंगा नगरपालिकाबाट कल्पना पाण्डे‚ नेपाल पत्रकार माहासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्याल, जिल्ला प्रशासन कार्यालय गुल्मीका शाखा अधिकृत नरेश गिरी, जिल्ला प्रहरी कार्यालय गुल्मीबाट माधव खरेल कार्यदलमा रहेका थिए ।
बालबालिका पहिचान कार्यदलले झन्डै ५० दिनमा आएर महेन्द्र नमुना माध्यामिक विद्यालयमा उनीहरुलाई व्यवस्थापन गरेको हो । पहिचान समितिले १८ जना बालबालिकाहरुलाई विद्यालयको महेन्द्र मिनी होस्टेलमा व्यवस्थापन गरेको हो
। उनीहरुलाई बिहान ६ बजे देखी वेलुका ६ बजे सम्म विद्यालयमै शिक्षकहरुले पढाउने, व्यवहारिक ज्ञान सिकाउने, खेलकुदका क्रियाकलापमा सहभागि बनाउने गरी उनीहरुको व्यवस्थापन गर्ने कार्यदलका संयोजक लोकनाथ मरासिनीले बताए । उनीहरुको व्यवस्थापन र सिकाइमा गर्न २ जना शिक्षक खटाउने मरासिनीले बताए ।
जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्रीले सडक बालबालिकाको संरक्षणमा स्थानीय सरकारले सहयोग गरेको दाबी गरे । जिल्लाका सरोकारवाला निकायले मात्र हेरेर नहुने भन्दै पहिला अभिभावक जो सचेत हुन जरुरी भएको उनले बताए । साथै यो अभियानलाई सफल संगै बालबालिको भविष्य राम्रो बनाउन अभिभावकले ख्याल गर्नुपर्ने जिल्ला समन्वय प्रमुख खत्रीको भनाई छ ।
महेन्द्र माध्यामिक विद्यालयको मिनी होस्टेलमा १८ जना बालबालिका बाहेक अन्य बालबालिकाहरुलाई यहाँ राख्न नसकिने बताए । यदी अन्य पालिकाबाट तम्घासमा सडक बालबालिका आए सम्बन्धित पालिकासंग समन्वय गरी उनीहरुको व्यवस्थापन गरिने खत्रीले बताए ।
रेसङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सडक बालबालिकाहरुको व्यवस्थापन र संरक्षणमा रेसुङ्गा नगरपालिकाले चासो दिइएर काम गरेको बताए । सडक बालबालिकाहरुको व्यवस्थापन गर्न पाउदा खुशी व्यक्त गरे ।
यो अभियानमा रहेर काम गर्ने जिल्लाका सरोकारवाला निकायलाई पन्थीले धन्यवाद दिए । रेसङ्गा नगरपालिकाले आगमी दिनमा समेत यस्ता बालबालिकाको क्षेत्रमा काम गर्ने बताए । सडक बालबालिकाको समस्या सबैको साझा समस्या भएको हुँदा सबै पक्षले यो अभियानलाई सफल पार्न सहयोग गर्नुपर्ने नगरप्रमुख पन्थीले उल्लेख गरे ।
यो अभियानले जिल्ला बाहिर पनि राम्रो सन्देश प्रवाह गरेको बताए । सडक बालबालिकाहरुलाई अध्ययन भन्दा पनि पहिला उनीहरुको आनीवानीमा परिवर्तन ल्याउन सके अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुवँर, महेन्द्र नमुना माध्यामिक विद्यालयका व्यवस्थाप समितिका अध्यक्ष शालिक पन्थी, महेन्द्र माध्यामिक विद्यालयका प्रअ कृष्णा मरासिनी, रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवाली, जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, जिल्ला अस्पताल गुल्मीका मेसु.डाक्टर उत्तम पच्या, नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्याल, उपाध्यक्ष रेशम कुवँर, लगायत जिल्लाका सक्रिय राजनितिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology