Logo

२०८३, श्रावण ३१गते


images
images

रुपन्देही क्षेत्र  नं. २: विष्णु पौडेलसंग भिड्न 'हेभी वेट' को खोजी !

रुपन्देही क्षेत्र  नं. २: विष्णु पौडेलसंग भिड्न 'हेभी वेट' को खोजी !

images
  • रुपन्देही क्षेत्र  नं. २: विष्णु पौडेलसंग भिड्न 'हेभी वेट' को खोजी !
    images
    images

    बुटवल । रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ सधै चर्चामा रहने क्षेत्र हो । एमाले नेता बिष्णु पौडेलको निर्वाचित क्षेत्र भएकोले पनि यो चर्चामा रहन्छ ।  नेता पौडेलको विरुद्धमा उम्मेदवार खडा गरि माओवादी केन्द्रले डा. बाबुराम भट्टराईलाई ल्याए पनि उनी यसक्षेत्रमा पराजित भएका थिए। जसका कारण यो क्षेत्रले थप चर्चा पायो र अहिले पनि देशकै चर्चित क्षेत्रहरूमध्य रुपन्देही २ एक हो ।

    images
    images
    images

    तत्कालीन माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन लडाएर पनि पराजय भोगेको माओवादी कै कारण यो क्षेत्रले फेरि पनि थप चर्चा बटुल्ने देखिएको छ । सोमबार सम्पन्न माओवादी केन्द्रको क्षेत्रीय बैठकले यस क्षेत्रमा विकल्प सहित केन्द्रिय सदस्य विनोद पहाडीलाई अगाडि सारेको छ । 

    images
    images
    images

    पार्टीका स्थायी समितिका सदस्य हकि कुल्ला खा, पोलिटब्युरो सदस्य बामदेव क्षेत्री, केन्द्रिय सदस्य सोनिया यादव, बिनोद पहाडी जिल्ला संयोजक निर्मल जिसी लगायतको उपस्थितिमा बुटवलमा बसेको क्षेत्रीय समन्वय समितिको  बैठकले प्रतिनिसभातर्फ निर्वाचन क्षेत्र नं.२ बाट वरिष्ठ पत्रकार समेत रहेका विनोद पहाडीलाई सर्वसम्मत रुपमा सिफारिश गर्ने निर्णय गर्दैगर्दा 'केन्द्रका अरु नेता आउन चाहेमा त्यसलाई पनि खुल्ला राख्ने' निर्णय गरेको छ ।निर्वाचन क्षेत्रिय कमिटिका अध्यक्ष मनोज रानाले केन्द्रिय नेता आउन चाहेमा पहाडीले बाटो खुल्ला गर्नुपर्ने गरि उनको सिफारिस गरिएको बताए । उनका अनुसार निर्णयको विविध शिर्षकमा त्यस प्रकारको  'भ्याकुम' राखिएको छ । उक्त 'भ्याकुम' किन ? भन्ने प्रश्नमा नेताहरुले मुख खोलेका छैनन् । 

    images
    images
    images

    स्रोतका अनुसार गठबन्धनमा सहमति भएको खण्डमा यो क्षेत्रमा माओवादी नेतृ ओनसरी घर्तिमगर आउन चाहेकी छन् । माओवादी केन्द्रले गठबन्धनबाट रुपन्देही २ पाएको खण्डमा 'हेभी वेट' नेतालाई यहाँबाट लडाउने तयारी गरेको सो पार्टीको उम्मेदवार सिफारिसमा राखिएको 'भ्याकुम'ले पुष्टि गर्दछ । 

    त्यसो त गठबन्धन दलको अर्को सदस्य एकीकृत समाजवादीले पनि यही क्षेत्र दावी गरेको छ । उक्त पार्टीले प्रदेश सचीव राजु गुरुङलाई अघि सारेको छ । गुरुङ यसक्षेत्रका परिचीत युवा नेता हुन् । विगतमा विष्णु पौडेललाई निर्वाचन जिताउन युवा परिचालन लगायतका काममा भुमिका खेल्दै आएका गुरुङ यो पटक विष्णु पौडेलसंग आफै भिड्ने मनस्थितिमा छन् ।

    यता सत्तागठबन्धन दलको मुख्य पार्टी नेपाली कांग्रेसले पनि यस क्षेत्रलाई उत्तिकै महत्त्वका साथ हेरेको छ । गठबन्धनको लेनदेनबाट यो क्षेत्र पाएको खण्डमा गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँडलाई नै भिडाएर भएपनि एमालेका प्रभावशाली नेता विष्णु पौडेललाई हराउने रणनीतिमा कांग्रेस अगाडि बढेको देखिन्छ ।  

    गठबन्धनभित्रको खेललाई नजिकबाट नियालीरहेका एमाले उपाध्यक्ष विष्णु पौडेलपनि आफ्नो तयारीमा जुटेका छन् । जसका लागि राप्रपालाई मनाउन उनको टिम यतिबेला क्रियाशिल रहेको छ । राप्रपा र जनमुक्ति पार्टीलाई साथमा लिन सके गठबन्धनबाट जो सुकै उम्मेदवार आएपनि आफू विजयी हुनेमा उनी र उनको टिम ढुक्क जस्तै देखिए पनि स्थानीय तह निर्वाचनमा गठबन्धन दलले बुटवल र सैनामैना जस्ता एमालेका आधारक्षेत्रमा पराजित गराएको ताजा दृश्यले भने एमालेलाई झस्काईरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।