Logo

२०८३, आश्विन ९गते


images
images

प्रधानमन्त्री सपथ ग्रहण

भाइरल शब्द 'त्यो पर्दैन' भन्दै खाएको सपथ विरुद्ध सर्वोच्चमा रिट

भाइरल शब्द 'त्यो पर्दैन' भन्दै खाएको सपथ विरुद्ध सर्वोच्चमा रिट

images
  • भाइरल शब्द 'त्यो पर्दैन' भन्दै खाएको सपथ विरुद्ध सर्वोच्चमा रिट
    फाइल फोटो
    images
    images

    रामचन्द्र तिम्सिना, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथ विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

    images
    images
    images

    प्रधानमन्त्रीले लिएको शपथ कानुन विपरीत भएकाले बदर गर्न माग गर्दै अधिवक्ता चन्द्रकान्त ज्ञवालीले सर्वोच्च अदालतमा रिट हालेका हुन।

    images
    images
    images

    यद्यपि शपथ र शपथ पछि प्रधानमन्त्रीले सात मन्त्रीको नियुक्ति विरूद्ध अधिवक्ता सन्तोष भण्डारीले पनि अर्को पेश गरेका छन् । उनको रिटमा पुर्‍याउनु पर्ने रित पूरा नभएको र ज्ञवालीको रिट अध्ययनकै क्रममा रहेकाले आज दर्ता गर्न नसकिएको सर्वोच्चको रिट महाशाखा स्रोतले जानकारी दिएको छ।

    images
    images
    images

    ज्ञात रहोस, मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए । प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्‍याएकी थिइन्। ओलीले भने 'यो पर्दैन' भन्दै शपथग्रहण अगाडि बढाए। उनको त्यस्तो जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।