काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूको संसदीय सुनुवाइ शुक्रबार हुने भएको छ ।
संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तालाई आमन्त्रण गरी छलफल गर्ने कार्यसूचीसमेत रहेको छ ।
त्यसपछि प्रस्तावित न्यायाधीश डा. बागचन्द र सारूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिनेछ ।
समितिको बैठक आज बिहान ९: ३० बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने तय भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology