Logo

२०८३, आश्विन १७गते


images
images

माण्डवी गाउँपालिकाद्वारा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत

माण्डवी गाउँपालिकाद्वारा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत

images
  • माण्डवी गाउँपालिकाद्वारा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत
    images
    images

    प्युठान । प्युठानको माण्डवी गाउँपालिकामा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको छ । मंगलबार एक कार्यक्रमविच प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेलाई कार्यालयमा स्वागत गरिएको हो ।

    images
    images
    images

    स्वागत कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले नवआगन्तुक प्रशासकिय अधिकृतको आगमनसंग माण्डवी गाउँपालिकालाई नमूना गाउँपालिका बनाउँने आफुहरूको योजना थप सहज ढंगले अगाडि बढ्ने बताए । 

    images
    images
    images

    सो क्रममा बोल्दै नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृत प्रकाश पाण्डेले पालिकाको सेवा प्रवाहलाई थप व्यवस्थित र सेवाग्राहीमुखी बनाउँने प्रतिबद्धतासंगै माण्डवीलाई नमुना बनाउँने पालिका अध्यक्ष र कार्यपालिकाको योजनामा सफल बनाउँन आफुले भुमिका खेल्ने बताए ।

    images
    images
    images

    कार्यक्रममा पालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी सहित पालिकाका ५ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    पाल्पा जिल्लामा स्थायी घर भएका पाण्डे यसअघि लुम्बिनी प्रदेशको शिक्षा तथा खेलकुद मन्त्रालयको युवा विकास शाखामा शाखा अधिकृतको रुपमा कार्यरत थिए । उनी २०७१ सालमा निजामती सेवामा प्रवेश गरेका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माण्डवी गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।