सन्तोष सुनार, प्यूठान । प्यूठान मृत अवस्थामा एक महिलाको शव फेला फरेको छ । सोमबार माण्डवी गाउँपालिका ५ रम्दि आपचौर स्थित झिमरुक नदिको बिच भागमा घोप्टो अवस्थामा अन्दाजी ३५-४० वर्षिया महिलाको शव ७ः४५ बजेको समयमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले सेतोमोसीलाई जानकारी दिएको छ ।
मृत अवस्थामा फेला परेको महिलाको पहिचाहन भएको छैन । शव पहिचानको लागि चिनेजानेको वा कोही आफन्तीहरु भएमा नजिकको प्रहरी कार्यालय वा नम्बरहरुमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
मृत महिला कपाल कालो, लामो हल्का कालो गोरो वर्ण भएकी दुबै कानमा सुनको जस्तो देखिने टप र नाकमा फुली लगाएको, रातो रङको कपडा लगाएकी छिन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology