सन्तोष सुनार, प्यूठान । वर्षायामको समय सुरु भएसँगै देशका विभिन्न ठाउमा सर्प टोकाईका विरामाीहरु बढेका छन । त्यस्तै प्यूठानमा गत असोजदेखि हालसम्म सर्पको टोकाई भएका ८८ जना विरामीहरुको स्वर्गद्वारी नगरपालिका ९ कच्छारा रहेको स्वर्गद्वारी सर्पदंशं उपचार केन्द्रले उपचार गर्न सफल भएको प्राविधिक हेमराज पौडेलले जानकारी दिए ।
प्राविधिक पौडेलका अनुसार असोज महिनामा नमभेनम ३, भाईपेर ४ गरी सात जना, कार्तिकमा सोही ३ भाईपेर ४ गरी सात जना, मंसिरमा नमभेनम ३ जना, पौष र माघमा शुन्य, फागुनमा र चैतमा एक एक जना विरामीको उपचार गरिएको पौडेलले बताए । त्यस्तै वैशाख महिनामा ४ जना नमभेनम सर्पले टोकाई विरामी, जेठमा ७ जना त्यसमा पनि ४ जना नमभेनम, ३ जना भाईपेर सर्पले टोकेका विरामी उपचार गरिएको हो ।
यस्तै असारमा १३ जना आएको जसमा ८ जना भाईपेर सर्पले टोकेको र ५ जना नमभेनम विरामी, साउनमा २८ जना विरामी उपचार गर्न आएको पौडेलले बताए । जसमा १८ जना नमभेनम , ९ जना भाईपेर एक जना कोभ्राले टोकेको विरामीहरुको उपचार गरीएको हो ।
त्यस्तै भदौ महिनामा ६ जना विरामीहरु आएका मध्ये ४ जना नमभेनम र २ जना भाईपेर सर्पले टोकेको विरामी आएका हुन । चारजना विरामी निको भएर घर गएको र दुई जनाको उपचारमा रहेको स्वर्गद्वारी सर्पदंश उपचार केन्द प्यूठानले जनाएको छ । ८८ जना विरामीमध्ये २ जना मात्र बाहिर रिफर गरिएको उक्त विरामी निको भई घर फर्केएका छन ।
यस सर्पदंश उपचार केन्द्रमा प्यूठान र रोल्पाका विरामीहरु उपचार गर्न आउने गर्दछन । उपचार गर्न आएका विरामी निको भएपछि नयाँ जीवन पाएको समेत बताएका छन । यहाँ दुईजना नेपाली सेना र एक जना स्थानिय तालिम प्राप्त गरि तिन जनाले सेवा प्रदानमा रहेका छन ।
उपचार गर्न आएका विरामीबाट शुल्क पाचँ सय लिने गरेको तर केही विपन्न परिवार तथा पैसा नलिएर आएका विरामीहरुबाट शुल्क नलिई उपचार गरेको प्राविधिक हेमराज पौडेलले बताए । कर्मचारीलाई पालिकाले सेवा सुविधा दिएर राखेको छ । यसको स्थापना २०८० साल असोज १३ गते भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology