Logo

२०८३, श्रावण ३१गते


images
images

प्युठानमा विप्लव पनि सत्ता गठबन्धनमा, उठायो गाउँपालिका प्रमुखमा बुलेटलाई

प्युठानमा विप्लव पनि सत्ता गठबन्धनमा, उठायो गाउँपालिका प्रमुखमा बुलेटलाई

images
  • प्युठानमा विप्लव पनि सत्ता गठबन्धनमा, उठायो गाउँपालिका प्रमुखमा बुलेटलाई
    images
    images

    प्युठान । पार्टीभित्र चर्को बिरोध हुँदाहुँदै नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चुनाब उपयोग गर्नुपर्ने समुह अन्या राजनीतिक दलको सहयोगमा आसन्न स्थानीय तहको चुनाबमा सहभागी हुन लागेका खबरहरु आइरहेका छन्।

    images
    images
    images

    पार्टीभित्र चुनाब उपयोग गर्नु पर्ने समुहको नेतृत्व गरिरहेका मध्येका एक पार्टी प्रबक्ता प्रकाण्डले चुनाबमा सहभागी हुने ब्यबस्था गरिदिन अनुरोध गर्दै निर्वाचन आयोगका पदाधिकारीहरुलाई भेटे लगत्तै त्यस पार्टीका चुनाब उपयोग पक्षधरहरु अन्य राजनीतिक पार्टीसंग मिलेर चुनाबमा सहभागी हुन् लागेका हुन्।

    images
    images
    images

    त्यसै क्रममा प्युठानमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा पनि सत्तारुढ गठबन्धनमा समावेश भएको छ ।

    images
    images
    images

    नेकपाले माण्डवी गाउँपालिकाको चुनावमा सबै पार्टीको अस्तित्व स्वीकार गर्ने गरी आगामी निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्दै नेपाल कम्युनिष्ट पार्टी स्थानीय तहको चुनाबमा सहभागी हुने निर्णय गरेको छ ।

    शुक्रबार गठबन्धनद्वारा जारी प्रेस विज्ञप्तिमा नेकपाका नेता हरि बस्नेतले हस्ताक्षर गरेका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये माण्डवी गाउँपालिकालाई विप्लव नेतृत्वको नेकपाले आफ्नो प्रभाव क्षेत्रका रुपमा लिने गरेको छ र त्यहाँ बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट युवा नेता बुलेट कार्कीलाई गाउपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रुपमा चुनाबमा सहभागी गराइने भएको प्राप्त समाचारमा जनाइएको छ।

    नेकपाभित्र निर्वाचनमा भाग लिने विषयमा मतभेद छ । पार्टीभित्रको वहुमत पक्ष निर्वाचनमा भाग लिन नहुने पक्षमा छ । तर महासचिव विप्लव पक्ष भने चुनावमा भाग लिने पक्षमा छ । FB_IMG_1649556363040.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।