सन्तोष सुनार, प्यूठान । प्युठानमा मोटरसाइकल र फोर्स गाडी एकआपसमा ठोकिदा मोटरसाइकल चालक घाईते भएका छन ।
शुक्रबार प्युठान नगरपालिका ८ बाग्दुलाबाट जुम्री बसर्पाक आउदै गरेको लु १ ज ३७४० नम्बरको फोर्स जीप र जुम्रीबाट विजुवार जादै गरेको लु ७६ प ५७०४ नम्बरको मोटरसाइकल जुम्री बजारमा बिहान ११ बजे एकआपसमा ठोकिँदा मोटरसाइकल चालक माण्डवी ५ तिग्राका करिब २६ वर्षिय गौतम कुँवरको टाउकोमा चोट लाग्दा घाइते भएको जिल्ल प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी हुमानन्द खनालले सेतोमसीलाई जानकारी दिए ।
कुवरलाई उपचारको लागि बुटवल पठाइएको खनालले बताए ।
मोटरसाइकलको पछाडि बसेका माण्डवी ५ तिग्राकै १८ वर्षिय भिषण घर्तीको ढाडमा र दायाँ खुट्टामा चोट लागेकोे र अहिले जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको छ ।
फोर्स गाडीका चालक गौमुखी गाउपालिका ३ रजवारका जङ्गवीर बुढा र गाडीलाई इलाका प्रहरी कार्यलय बिजुवारले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology