Logo

२०८३, श्रावण ३०गते


images
images

प्युठानमा बेवारीसे अवस्थामा नवजातशिशु फेला 

प्युठानमा बेवारीसे अवस्थामा नवजातशिशु फेला 

images
  • प्युठानमा बेवारीसे अवस्थामा नवजातशिशु फेला 
    images
    images

    सन्तोष सुनार, प्युठान । प्युठानको जुम्रीमा एक नवजात शिशु बेवारीसे अवस्थामा फेला परेका छन । बुधबार  जुम्री बजार नजिकैको बाख्रा बस्ने छाप्रोमा बेबारिसे अवस्थामा शिशु भेटिएको स्थानीय चन्द्र बहादुर सुनारले जानकारी दिए । 

    images
    images
    images

    सेतोमसीसंगको कुराकानीमा उनले सालनालसहित कपडाले छोपेर झोलुङ्गोमा राखेको शिशु भेटिएको बताए । उनका अनुसार बिहान ४ बजेतिर शिशु रोएको आवाज सुनिएको तर बिरालो कराएको ठानेर वास्ता नगरीए पनि बिहान ६ः१५ बजे पथयात्रीले देखेर उनलाई खबर गरेका थिए। 

    images
    images
    images

    स्थानीयले खबर गरेपछि शिशुलाई इलाका प्रहरी कार्यालय विजुवारमा लगिएको छ । अहिले शिशुलाई  जिल्ला अस्पताल बिजुवार प्युठानमा राखिएको  प्रहरीले जनाएको छ । 

    images
    images
    images

    बच्चा कसले जन्माएर फरार भएको हो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले  जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्युठान
  • # नवजात शिशु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।