बुटवल । बुटवल उपमहानगरपालिक–११ मा मृत अवस्थामा नवजात शिशु फेला परेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार सोमबार विहान मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा फेला परेको हो ।
मृत अवस्थामा फेला परेको नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिए पछि फालेको अवस्थामा भेटिएको प्रहरी प्रमुख पण्डितले बताए ।
‘हेर्दा नवजात शिशु पुरा महिना पुगेर नै जन्मिएको जस्तो देखिन्छ । राम्रै अवस्थामा जन्मिएको शिशुलाई फोहोरमा फालेको हुन सक्ने प्रारम्भिक अनुमान छ,’–उनले भने ।
फोहोरको डम्पिङ्ग साइटमा शिशु जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत शिशुलाई अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख पण्डितले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology