देवदह । देवदहमा वेबारिसे अवस्थामा नवजात शिशुको शब फेला परेको छ । बिहिबार पानबारी मैदान नजिकै नवजात शिशुको बेवारिसे शब फेला परेको देवदह प्रहरी चौकीका इंचार्ज डाक्टर प्रसाद चौधरीले जानकारी दिए ।
बुधबार बेलुका ५ बजेको समयमा स्थानीयले खबर गरेर प्रहरी जाँदा शिशुको शब भेटीएको र पोस्टमार्टमको लागि शबलाई लुम्बिनी प्रादेशिक अस्पताल पठाईएको प्रहारीले जनाएको छ ।
मृत शिशुको लिंग पुरुष रहेको बच्चाको घाटीमा दाग देखिएकोले घाटी थिचेर हत्या गरिएको वा जंगली जनावरले आक्रमण गरेको हुनसक्ने स्थानीयले बताएका छन । शिशुलाई हिजो राती नै जंगलमा छाडिएको हुन सक्ने स्थानीयको अनुमान छ ।
बच्चा जन्माएर फाल्ने आमा र सम्बन्धित पुरुषको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology