Logo

२०८३, श्रावण २७गते


images
images

नगरपालिका संघ लुम्बिनीको अध्यक्षमा रेसुङ्गाका मेयर पन्थी निर्वाचित

नगरपालिका संघ लुम्बिनीको अध्यक्षमा रेसुङ्गाका मेयर पन्थी निर्वाचित

images
  • नगरपालिका संघ लुम्बिनीको अध्यक्षमा रेसुङ्गाका मेयर पन्थी निर्वाचित
    images
    images

    गुल्मी । नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका खिलध्वज पन्थी निर्वाचित भएका छन् । रुपन्देहीकाे लुम्बिनीमा भएको प्रदेशको भेलाले गुल्मीकाे रेसुंगा नगरपालिकाका प्रमुख पन्थीलाई सर्वसम्मत निर्वाचित गरेको हो । 

    images
    images
    images

    लुम्बिनी प्रदेशका नगर प्रमुख, उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतहरुकाे अभिमुखीकरणकाे अवसरमा भएको नगरपालिका संघको अधिवेशनबाट रेसुंगा नगरपालिकाका प्रमुख पन्थीकाे नेतृत्वमा १५ सदस्यीय समिति गठन भएको हो । अध्यक्षमा निर्वाचित भएपछि बाेल्दै पन्थीले सबै नगरका समस्या साझा हुनेभएकोले आफूले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । सबै नगरका प्रमुख र उपप्रमुखले जनताको अपेक्षा अनुसार काम गर्न चाहेकोले सबै मिलेर जनताको जीविकोपार्जनलाई माथि उकास्ने कार्यमा एकताबद्ध हुने पनि पन्थीले बताएका छन् । 

    images
    images
    images

    लुम्बिनी प्रदेशमा ४ उपमहानगर र ३२ नगरपालिका गरि ३६ नगरहरु नगरपालिका संघ अन्तर्गत रहेका छन् । नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्ष बनेका रेसुंगा नगरपालिका गुल्मीका प्रमुख पन्थी नेपाली काँग्रेस गुल्मीका सभापति समेत हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।