Logo

२०८३, आश्विन ९गते


images
images

पोखरामा यसरी पोखियो निस्सा (सेतो पुर्जा) पाउँदाको खुसी

पोखरामा यसरी पोखियो निस्सा (सेतो पुर्जा) पाउँदाको खुसी

images
  • पोखरामा यसरी पोखियो निस्सा (सेतो पुर्जा) पाउँदाको खुसी
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगर वडा नं. ७ प्रगति टोलकी भुजामती पुन भावुक मुद्रामा देखिइन् । उनलाई आफ्नो उमेर कति पुग्यो भन्नेसमेत थाहा छैन । तर सुकुम्बासी भएर सो स्थानमा बस्न थालेको १० वर्ष पुगेको भुजामतीले सुनाइन् । काठमाडौँमा श्रीमानसँगै ज्याला मजदुरी गरेर बस्ने उनको जीवनमा विसं २०६७ मा बज्रपात पर्यो । श्रीमानको मिर्गौला देखिएको खराबीका कारण मृत्यु भयो । 

    images
    images
    images

    त्यसपछि विसं २०६८ मा पोखरा आएर पोखरा-७ को सुकुम्बासी बस्तीमा भुजामती बस्न थालिन् आफू बसेको जमिन आफ्नो होइन भन्ने उनलाई राम्रोसँग थाहा थियो । “थाहा पाएरै पनि यहाँ आएर बकेको हुँ मेरो जग्गा पनि होइन”, भुजामतले भनिन्, “चुनावका बेला नेताहरू आएर जग्गा तपाईँकै नाममा बनाइदिन्छौँ त भन्थे ।” आफ्नै नामको जग्गा हुने आशामा उनले २०७०, २०७४ र २०७९ को चुनावमा सक्रियता देखाइन् । 

    images
    images
    images

    धेरै चुनावमा आश्वासनमात्र बाँडेपछि भुजामतीले अब यसबारेमा आशा मारिसकेकी थिइन् ।  राष्ट्रिय भूमि आयोग र पोखरा महानगरपालिकाले संयुक्त कार्यक्रम गरी निस्सा (सेतो पुर्जा) वितरण गर्दा उनलाई पनि आमन्त्रण गरिएको थियो । 

    images
    images
    images

    निस्सा ग्रहणका लागि आफ्नो नाम कार्यक्रम सञ्चालकले लिनेबित्तिकै भुजामतीको गहभरि आँशु भयो । टिलपिल–टिलपिल भएका आँशु पुछ्दै स्टेजमा पुगेर लालपुर्जा प्राप्तिका लागि वितरण गरिएको सेतो निस्सा हातमा परेपछि उनले भनिन्, “धन्यवाद छ सरकार, यो सेतो कागज पाइयो अब छिट्टै रातो लालपुर्जा पाएँ भने सिरानीमा राखेर सुत्छु ।”

    भुजामती मात्र होइन, उक्त कार्यक्रममा पोखराका सबै वडाका केही संख्यामा सुकुम्बासीलाई निस्सा वितरण गरिएको थियो । पोखरा-२५ बाट शुरु गरिएको कार्यक्रम निर्वाचन आचारसंहितालाई ख्याल गर्दै छोट्याएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए ।  महानगरका १६ वटा वडाका १९९ भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिएको थियो । वडा नं १, ३, ७, ८, १०, ११, १६, १८, १९, २२, २३, २४, २८, २९ र ३१ का सुकुम्बासीले प्रतिनिधिमूलक रूपमा निस्सा पाएका थिए । 

    यसअघि महानगरको वडा नं २५, ६, ९, १४, ३२ र ३३ मा निस्सा वितरण गरिएको थियो । 

    उक्त महानगरपालिकामा १९ हजार ८५६ भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासी सूचीकृत भएका थिए । उनीहरूमध्ये सात हजारभन्दा बढीलाई निस्सा वितरणका लागि राष्ट्रिय भूमि आयोगको केन्द्रीय सर्भरमा सूचीकरण गराइसकिएको थियो भने बाँकी सूचीकरणको क्रममा रहेका छन् । 

    उनीहरुको निवेदन भूमि आयोगमा सुचीकृत गरिएपछि निस्सा वितरण गर्दै जाने महानगर र आयोगको योजना छ । “कोही पनि भूमिहीन बन्नु हुँदैन, हुनु पनि हुँदैन भन्ने मान्यतामा पोखरा महानगरको छ । 

    यसैअनुरुप अहिले निस्सा वितरण शुरु गरेका हौँ”, नगरप्रमुख आचार्यले भने, “यो लालपुर्जा त होइन, तर ढिलोचाँडो सबैले लालपुर्जा पाउनुहुन्छ भन्ने शुरुआती चाँही हो ।”

    सूचीकृत गर्न समय लाग्ने जानकारी दिँदै उनले निस्सा प्राप्त गर्नु नै  लालपुर्जा हात पर्नका लागि बलियो आधार बनेको बताए । “तीनपुस्ते नाम दर्ता गर्नुपर्यो, त्यसका लागि कर्मचारी पनि व्यवस्थापन गर्नुपर्यो । 

    एउटा व्यक्तिको डाटा भर्न कम्तीमा आधा घण्टा लाग्छ  तर साथीहरू यसैमा लाग्नुभएको छ”, महानगर प्रमुख आचार्यले भने, “बाँकी डाटा पनि विस्तारै इन्ट्री गर्दै जान्छौँ । यसमा कुनै समस्या हुँदैन । अहिले निस्सा बाँडेकै ठाउँ असुरक्षित, सम्पदा वा मापदण्डभित्र पर्ने भए महानगरले नै सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सक्छ ।”

    सुकुम्वासी बनेका नागरिकलाई जमिनको मालिक बनाउने काम कास्कीमा प्रारम्भ भइसकेको उक्त आयोगका जिल्ला अध्यक्ष गङ्गाप्रसाद पौडेले बताए । 

    कास्कीका ३९ भूमिहीन दलित र भूमिहीन सुकुम्वासीले रातो लालपुर्जा प्राप्त गरिसकेका छन् । अहिले निस्सा प्राप्त गरेकाहरुले कुनै न कुनै दिन अवश्य लालपुर्जा प्राप्त गर्ने उनले विश्वास दिलाए । 

    भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले प्राप्त निस्साका आधारमा जग्गा प्राप्तीको अधिकार कसैले पनि खोस्न नसक्ने अध्यक्ष पौडेलले बताए । 

    यसलाई चुनावी नारामा मात्र सीमित नगरी अब साँच्चै सरकारले हेर्छ भन्ने अनुभूति दिलाउन पनि आगामी कार्यक्रम चुस्त र दुरस्त बनाउनुपर्नेमा उनको जोड थियो । आयोगका अनुसार जिल्लाभर भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको संख्या करिब २६ हजार छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।