गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीले सुरु गरेको अक्सिजन प्लान्ट अभियानमा गुल्मी जिल्लाको प्रतिनिधित्व गर्ने नेताद्वय गोकर्ण बिष्ट र चन्द्र भण्डारीले एक्यवद्धता जनाएका छन् ।
कोरोना भाइरसको जोखिमसङ्गै जिल्लामा उपचारमा अक्सिजनका कारण समस्या उत्पन्न भएकाले नेपाल पत्रकार महासंघले सहयोग अभियान चलाएर जिल्लामै अक्सिजन प्लान्ट राख्ने योजना बनाएको छ । सामाजिक संजाल मार्फत सुरु गरिएको अभियान हाल सबै गुल्मेलीको साझा अभियान बनेको छ।
पत्रकार महासंघको यो अभियानको प्रशंसा गर्दै गुल्मी २ का सांसद एवं नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण बिष्ट र गुल्मी १ का सांसद नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य डा. चन्द्र भण्डारीले सहयोगको प्रतिबद्धता जनाएका छन्।
सामाजिक संजाल फेसबुक मार्फत नेता बिष्टले नगद १० लाख जुटाइदिने घोषणा गरेका छन्, भने ४५ थान अक्सिजन सिलिन्डर गुल्मी पठाइसकेका छन् । त्यस्तै नेता भण्डारीले संसारभर रहेका नेपालीलाई यो अभियानमा जोडिन आव्हान गर्दै महासंघको खाता नम्बर सहित सबैमा अपिल गरेका छन् । उनले नगद एक लाख रकम संकलन गरिसकेको बताएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology