राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदहमा प्याब्सनद्वारा आयोजित हाजिरी जवाफ तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । प्राथमिक तह हाजिरीजवाफ र आधारभूत तथा माध्यमिक तह निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको हो ।
हाजिरीजवाफतर्फ ९ विद्यालयबाट ९ समूह र निबन्ध लेखनतर्फ माध्यमिक तहबाट ८ जना तथा आधारभूत तहबाट ९ जनाको सहभागिता रहेको थियो । माध्यमिक तहका प्रतियोगीले ग्लोबल वार्मिङ्ग र मानव जीवनमा यसका असरहरु शीर्षकमा र आधारभूत तहका प्रतियोगीले गाउँले जीवनको महत्व शीर्षकमा अंग्रेजी भाषामा निबन्ध लेखेका थिए ।
प्रतियोगितामा हाजिरीजवाफतर्फ सेभेन स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुल प्रथम, मदरल्याण्ड एकेडेमी द्वितीय र देवदह मदरटङ्गस एकेडेमी तृतीय र देवदह बुद्ध पब्लिक इङ्ग्लिस बोर्डिङ्ग स्कुलले सान्त्वना भएका छन।
त्यस्तै माध्यमिक तह निबन्ध लेखन प्रतियोगितामा सेभेन स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलकि छात्रा आकृति पुन प्रथम, एशियन लाइट इङ्ग्लिस बोर्डिङ्ग स्कुलका रविन अधिकारी द्वितीय, ग्रीनप्लान्ट आवासीय मा.वि.का आकृति खराल तृतीय र देवदह मदरटङ्गस एकेडेमीका भुवन अधिकारी सान्त्वना भएका छन।
आधारभूत तह निबन्ध लेखन प्रतियोगितामा ग्रीनप्लान्ट आवासीय मा.वि.का छात्र आर्यन धमला प्रथम, देवदह बुद्ध पब्लिक इङ्ग्लिस बोर्डिङ्ग स्कुलका छात्र आर्यन पाण्डे द्वितीय, सेभेन स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलकि छात्रा रश्मि पाण्डे तृतीय र देवदह मदरटङ्गस एकेडेमीका प्रेरणा न्यौपानेले सान्त्वना स्थान भएका थिए।
कार्यक्रम प्याब्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षता, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालको प्रमुख आतिथ्यता, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक टिकाराम चापागाईंको स्वागत र सचिव कृष्ण प्रसाद गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology