Logo

२०८३, श्रावण ३१गते


images
images

देवदहमा प्याब्सन खेल महोत्सव हुँदै, ७६५ विद्यार्थी सहभागी हुने

देवदहमा प्याब्सन खेल महोत्सव हुँदै, ७६५ विद्यार्थी सहभागी हुने

images
  • देवदहमा प्याब्सन खेल महोत्सव हुँदै, ७६५ विद्यार्थी सहभागी हुने
    images
    images

    देवदह । रूपन्देहीको देवदहमा प्याब्सन खेल महोत्सव हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) देवदह नगर कार्यसमितिको आयोजनामा मंगलबारदेखि खेल महोत्सव हुने प्याब्सन देवदह अध्यक्ष रामबहादुर गुरुङले बताए ।

    images
    images
    images

    सोमबार देवदहमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङले देवदहमा निजी क्षेत्रको पहलमा हुने सबैभन्दा ठूलो प्रतियोगिता प्याब्सन खेल महोत्सव भएको उल्लेख गर्दै खेल महोत्सवले विद्यार्थीलाई खेलमा आकर्षित गर्दै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको बताए । खेलको विकासको लागि विद्यार्थीहरू खेलजन्य गतिविधिमा सहभागी हुन आवश्यक रहेको महसुस गर्दै प्याब्सनले हरेक बर्ष खेल महोत्सव गर्दै आएको उनको भनाई छ । 

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन देवदहका प्रमुख सल्लाहकार तथा महोत्सवका खेल संयोजक बोधराज गौडेलले प्रतियोगितामा ९ वटा विद्यालयबाट ७६५ जना विद्यार्थी सहभागी हुने बताए । छात्र र छात्रा दुवै तर्फ गरि एथलेटिक्स र भलिवलका ३७ वटा प्रतियोगिता खेल महोत्सवमा हुने संयोजक गौडेलले बताए। 

    images
    images
    images

    कोभिड महामारीको समयमा तीन वर्ष रोकिएको प्याब्सन खेल महोत्सव रनिङ्ग शिल्ड कै रूपमा निरन्तर संचालन हुँदै आएको उल्लेख गर्दै उनले नर्सरीदेखि कक्षा ४ सम्म सब जुनियर, कक्षा ५ देखि कक्षा ७ सम्म जुनियर र कक्षा ८ देखि १० सम्म सिनियर गरि तीन समुहमा खेल खेलाईने बताए । प्रतियोगितामा सहभागी मध्ये २६६ जना विद्यार्थी पुरस्कृत हुने उनको भनाई छ । 

    पुरस्कार र व्यवस्थापन गरि करिव नौ लाख खर्च हुने अनुमान गरिएको तेस्रो प्याब्सन खेल महोत्सवको उद्घाटन समारोहमा प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष विष्णुप्रसाद पन्थी लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ । 

    प्याब्सन देवदह अन्तरगतका विद्यालयहरूमा करिव आठ हजार विद्यार्थी अध्ययनरत छन् ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।