Logo

२०८३, श्रावण ३०गते


images
images

बझाङमा‌ परिवार योजना दिवस सम्बन्धि अन्तरक्रिया

बझाङमा‌ परिवार योजना दिवस सम्बन्धि अन्तरक्रिया

images
  • बझाङमा‌ परिवार योजना दिवस सम्बन्धि अन्तरक्रिया
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । बझाङमा नवौं परिवार योजना दिवस मनाइएको छ। आइतबार  स्वास्थ्य कार्यालय को तालिम केन्द्रमा व्यवस्थित परिवार हाम्रो अधिकार, हामी सबै जिम्मेवार भन्ने नाराका साथ दिवस मनाइएको हो।  

    images
    images
    images

    स्वास्थ कार्यालय बझाङले आयोजना गरेको कार्यक्रममा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य कर्मी सरोकारवाला बिभिन्न कार्यालय का प्रतिनिधि र पत्रकार को सहभागिता थियो। परिवार योजनाका लागि सबैलाई खबरदारी गर्न र यसको महत्त्व सबैलाई बुझाउन हरेक वर्ष दिवस मनाइने गरेको स्वास्थ कार्यालय बझाङका  प्रमुख भानुभक्त जोशीले बताए।

    images
    images
    images

    'सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ अधिकारको सुरक्षा गर्न परिवार योजना गर्नुपर्ने हुन्छ,' उनले भने, 'सुखी र स्वस्थ परिवारिक जीवन यापन गर्न सहयोग गर्न परिवार योजना गर्नु आवश्यक छ।' परिवार योजनाका लागि सरकारी तवरबाट आवश्यक सहयोग हुनुपर्ने र व्यक्तिको प्रमुख प्राथमिकतामा परिवार योजना पर्नुपर्ने कुरामा कार्यक्रमका सहभागीहरूले जोड दिएका थिए।

    images
    images
    images

    व्यवस्थित परिवारका लागि परिवार योजना गर्नुपर्ने,  प्रजनन स्वस्थ्यमा देखापर्ने समस्याको समाधान, जन्मान्तरको योजना र उपयुक्त समयमा विवाह गर्ने र व्यक्तिलाई स्वस्थ र सुखी जीवनका लागि मार्गदर्शन गर्नु परिवार योजनाको उदेश्य रहेको  प्रमुख भानुभक्त जोशीले बताए। परिवार योजनाका लागि सरकारले नीतिगत व्यवस्था गरेको, आधारभूत स्वास्थ, सुरक्षित मातृत्व  र आधारभूत स्वास्थ ऐन तथा विभिन्न नीति निर्माण गरेर परिवार नियोजन सेवालाई प्रदान गरेको जोशीले बताए।

    नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट परिवार नियोजनका माध्यमबाट सरल र सहज जीवन निर्वाह गर्न सहयोग पुर्‍याउन नीतिगत व्यवस्था भएको दाबी गरिएको छ। आमाको स्वास्थ, गरिबी निवारण,महिला सशक्तीकरण र किशोरीको स्वास्थ्यका लागि परिवार नियोजनमा राज्यले लगानी बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।