Logo

२०८३, श्रावण २७गते


images
images

परिवार योजना सेवाका बर्तमान  अवस्था र चुनौतीको बिषयमा बिद्यार्थीबीच अन्तरक्रिया 

परिवार योजना सेवाका बर्तमान  अवस्था र चुनौतीको बिषयमा बिद्यार्थीबीच अन्तरक्रिया 

images
  • परिवार योजना सेवाका बर्तमान  अवस्था र चुनौतीको बिषयमा बिद्यार्थीबीच अन्तरक्रिया 
    images
    images

    गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा बिद्यार्थीका बिच परिवार योजना सेवाका बर्तमान  अवस्था र चुनौतीको बिषयमा अन्तरक्रिया गरिएको छ।

    images
    images
    images

    नवौं  राष्ट्रिय परिवार योजना दिवस र नेपाल परिवार नियोजन संघको स्थापना दिवसको अवसरमा "व्यवस्थित परिवार हाम्रो अधिकार , हामि सवै जिम्मेवार "  भन्ने मुल नाराका साथ  रियाले माध्यमिक बिधालय मदाने गाउँपालिका वडा नम्बर ३ का  १०,११ र १२ का बिद्यार्थीहरुका  माझ एक कार्यक्रमका विच प्रशिक्षण  सम्पन्न भएको हो।

    images
    images
    images

    परिवार नियोजनका अस्थायी आधुनिक पाँच प्रकारका साधन कण्डम,पिल्स, डिपो, ईन्प्लान्ट र आईयुसिडी स्थानिय रुपमा पर्योग गर्ने गरेको सिर्सेनी स्वास्थ्य चौकि प्रमुख अर्जुन भण्डारीले  बताए ।  

    images
    images
    images

    स्थानियमा साधनकाे ज्ञान कम हुनु, सेवा प्रदायक सेवा लिन चाहने महिलसम्म नपुग्नु, समाजिक मान्यता, अन्धविश्वास जस्ता कुराले  सेवा को उपयोगमा कमि आएको हुनसक्ने उनले बताए । 

    वर्तमान अवस्थामा सुरक्षित मातृत्व र नवजात शिशु स्याहारमा लगानी बढाउन आवश्यक रहेको पनि उनले बताए  । पछिल्लो समय नेपालमा आधुनिक गर्भनिरोधका लागि नौ प्रकारका साधन उपयोगमा आएका छन । साधनहरु उपलब्ध भएपनि साधनहरु कम प्रयोग गरिएको पाईएको छ । 

    यसको लागि सुरक्षित गर्भपतन सेवालाई परिवार नियोजनको साधनको रुपमा अपनाईएको हुन सक्ने र यो विषयलाई सरोकारवालाहरुले गम्भीरतापूर्वक लिनुपर्ने अवस्था रहेको उनले बताए । 

    कार्यक्रममा स्वास्थ्यकर्मी, पत्रकार, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । सोहि कार्यक्रममा विध्यार्थिहरुलाई डेङ्गु रोगको वारेमा समेत जानकारी गराईएको थियो ।  सिर्सेनी हेल्पोष्टका अहेव सजुना भुजेलले सञ्चालन गरेको  कार्यक्रममा विषयवस्तु माथीको छलफल हेल्थपोष्ट ईन्चार्ज अर्जुन भण्डारीले गरेका थिय । 

    विध्यालयका प्रधानाध्यापक देवि बहादुर घर्तीको सहजिकरण गरेको कार्यक्रममा वडा नम्बर  ३ सिर्सेनीका वडाध्यक्ष चेतवहादुर सेन को विशेष सहयोगमा सम्पन्न भएको हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।