Logo

२०८३, श्रावण ३०गते


images
images

पिएन क्याम्पसमा क्रान्तिकारी र एमाले निकट अखिलबीच झडप  

पिएन क्याम्पसमा क्रान्तिकारी र एमाले निकट अखिलबीच झडप  

images
  • पिएन क्याम्पसमा क्रान्तिकारी र एमाले निकट अखिलबीच झडप  
    images
    images

    राजेश पराजुली, पोखरा । राजनीतिक दलहरु यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको कदमको पक्ष र विपक्षमा उत्रिएका छन् । सत्तारुढ गठबन्धन राष्ट्रपतिको कदमप्रति रुष्ट बनेको छ भने एमाले, राप्रपा नेपाल लगायतका केही दल भने राष्ट्रपतिको कदमको पक्षमा खडा भएका छन् ।

    images
    images
    images

    हिजो देशका अधिकांशमा जिल्लामा राष्ट्रपति भण्डारीको निर्णयको विरोधमा राजनितिक दल निकटका विद्यार्थी युवा संगठन प्रर्दशनमा उत्रिए ।

    images
    images
    images

    यसैबीच पोखराको पिएन क्याम्पस गेट अघि हिजो साँझ नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका युवाहरु प्रर्दशनमा उत्रिएका थिए । सो प्रर्दशनमा अखिल क्रान्तिकारी र नेकपा एमाले निकट अनेरास्ववियुबीच झडप भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

    images
    images
    images

    झडपमा अनेरास्ववियू पक्षका युवाहरु घाईते भएको अनेरास्ववियू पिएन पिएन क्याम्पस कमिटीले जनाएको छ । 

    अखिल क्रान्तिकारीले प्रर्दशनलाई अनेरास्ववियुले बिथोल्न खोजेपछि झडप हुन पुगेको आरोप लगाएको छ । 

    झडपमा अनेरास्ववियु पिएन क्याम्पस कमिटीका अध्यक्ष काशिराम पौडेल, उपाध्यक्ष उमेश बिक सचिवालय सदस्य किरण खड्का, रुपा गाउँ पालिका अध्यक्ष प्रताप शाह उर्फ राणा, विशाल पुरी, अशोक यादव लगायत घाईते भएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयकलाई दोस्रो पटक पनि प्रमाणिकरण नगरेपछि त्यसको विरोध जनाउदै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको थियो ।अखिल क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन समेत गरेको थियो । 

    त्यसको प्रतिकार गर्न भण्डारीको कदम स्वागत योग्य रहेको भन्दै अनेरास्ववियु दीप प्रज्वलन गर्न क्याम्पस गेट अगाडि पुगेको जनाइएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।