गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले टाेलमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । हिन्दु धर्मावलम्बीकाे महान चाड बडा दशै नजिकिएसंगै टाेलटाेलमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हाे ।
पहिलो दिन ६ नम्बर वडा अम्मरपुरबाट सामाजिक सुरक्षा भत्ता बितरण कार्यकाे सुरुवात गरिएकाे छ । धेरै ब्याक्तिहरु जाे सामाजिक सुरक्ष भत्ता पाउँछन् र सामाजिक सुरक्षा भत्ताबाट नै दशै मनाउँने साेचमा रहन्छन् । उनीहरुका लागि दशै अगाडि भत्ता बितरण गरियो भने दशैमा केही सहायत हुने इस्मा गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता पार्बती कुवँरले बताईन ।
सामाजिक सुरक्षा भत्ता लिन आउने बृद्धअबश्थाका बुवा आमा,एकल महिला,अपांगकाे स्वास्थ्य परिक्षण र स्वास्थ्यकाे जानकारी साथै दिर्घा राेगिका लागि औषधि पनि उपलब्ध गराईने इस्मा गाउँपालिका स्वास्थ्य साखा प्रमुख पदम अधिकारीले बताए ।
आजा देखि सुरु भएको याे कार्यक्रम प्रत्यक वडामा एक एक दिन गरि ६ दिनमा समाप्त हुने छ । दीर्घ राेगि र बिरामीहरुले सम्बन्धि वडा अथवा टाेलमा पुगेर स्वास्थ्य परिक्षण गर्न सक्ने छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology