Logo

२०८३, आश्विन १७गते


images
images

इस्मा गाउँपालिकाको एकिकृत घुम्तीसेवा, पालिकाका सबै सेवा टोलमै पाईने

इस्मा गाउँपालिकाको एकिकृत घुम्तीसेवा, पालिकाका सबै सेवा टोलमै पाईने

images
  • इस्मा गाउँपालिकाको एकिकृत घुम्तीसेवा, पालिकाका सबै सेवा टोलमै पाईने
    images
    images

    गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले टाेल टाेलमै पुगेर एकीकृत घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।
    एकीकृत घुम्तीबाट विभिन्न शाखाहरुले विभिन्न सेवाहरु उपलब्ध गराउँने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत धनिस्वर पाैड्यालले बताए ।

    images
    images
    images

    उनले गाउँपालिकाकाे पशु सेवा शाखाले पशुपन्छी उपचार तथा माइनर सर्जरीसेवा र घरपालुवा कुकुर बिरालोलाई रेविज खाेप लगाउँने कृषि विकास शाखाबाट कृषि सम्बन्धी परामर्श सेवा र माटो परीक्षणको लागि नमूना संकलन गर्ने , सामाजिक सुरक्षा तथा पंजीकरण शाखाबाट एकल पुरुष भत्ता लाभग्राहीहरुको परिचय पत्र वितरण, सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको २०७९ चैत्र मसान्तसम्म उमेर पुग्नेहरुको नयाँ दर्ता निवेदन संकलन समेत गरिने पाैड्यालले जानकारी दिए ।

    images
    images
    images

    घुम्तीमा  महिला, बालवालिका तथा जेष्ठनागरिक शाखाले ६० वर्ष माथिका नागरिकहरूको लागि जेष्ठनागरिक परिचय ल्याउनुपर्ने बताएको छ । त्यस्तो सहि घुम्ती सेवाकाे माध्यमबाट विभिन्न याेजनाहरु पनि सम्झौता ,भुक्तानी टिप्पणी अनुगमन लगाएतका कामहरु पनि गरिने याेजना शाखा प्रमुख नारायण महतले बताए । महतले घुम्ती सेवाबाट  नयाँ व्यवसाय दर्ता, नविकरण र दर्ता प्रमाण पत्रको प्रतिलिपि वितरण समेत हुने बताएका छन्  ।

    images
    images
    images

     त्यस्तै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारीले घुम्ती सेवाकाे माध्यमबाट जेष्ठनागरिक (६० वर्ष माथि) तथा दीर्घरोगीहरुको स्वास्थ्य परीक्षण तथा औषधी वितरण पनि भएकाले पायक पर्ने ठाउँमा उपस्थित हुन सम्पुर्ण  नागरिकलाइ आग्रह गरेका छन् । उनले क्षयरोगीहरुको शंकास्पद भएको खण्डमा खकार परीक्षणको लागि नमूना संकलन  पनि गरिने उनले जानकारी दिए  । त्यस्तै रोजगार सेवाकेन्द्रले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका योजनाहरुको सम्झौता गर्ने छ  । 
    एकिकृत घुम्ति सेवा
    २०७९/१२/१९ गते वडा नम्बर १ नं. वडा कार्यालय, हर्पुकोट
    २०७९/१२/२० गते वडा नम्बर २काे पालुखा मावि,पालुखा
    २०७९।१२।२१ गते वडा नम्बर ३ काे ठाडुङ्गा मावि 
    २०७९।१२।२२गते वडा नम्बर ४ काे रामराज्य मावि दाेहाेलि 
    २०७९/१२/२३ गते वडा नम्बर ५ काे वडा  कार्यालय दाेबाटा 
    २०७९।१२।२४ गते वडा नम्बर ६ काे अमरपुर ओम प्रसाद गाैतम मा.वि ,अमरपुर गुल्मीमा सञ्चालन हुने छ ।

    सहज र छरितो माध्यमबाट सेवा उपलब्ध गराउँने हेतुका साथ वडा वडामा पुगेर जनतालाई सहज हाेस भनी घुम्ती सेवाहरु सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वति कुवँरले बताएकि छन् । उनले यसकाे माध्यामबाट धेरै नागरिकले सेवा पाउँने कुरामा ढुक्क रहेको जानकारी गराइन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इस्मा गाँउपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।