सुमन महतारा, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा हिउँदे अधिवेशन सुरु भएको छ । सोमबारबाट गाउँपालिकाका अध्यक्ष भगत सिंह खड़काको सभाध्यक्षमा पालिकाको १३ औं गाउँ सभा सञ्चालन भएको हाे ।
५५ मिनेटसम्म सञ्चालित गाउँ सभाको पहिलो बैठकमा शिक्षा विधेयक २०७९ दर्ता भएको छ । गाउँपालिका सामाजिक विकास समिति संयाेजक ढाल बहादुर कुवँरले शिक्षा बिधेक दर्ता सभामा दर्ता गराएका छन । गाउँपालिकाले शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्नका निम्ति गाउँसभामा शिक्षा विधेयक लिएकाे हाे । उक्त विधेयकमा ५ परिच्छेद र ३७ वटा दफाहरु रहेका कुवरले बताए ।
विधेयकमा माध्यमिक तहसम्म निशुल्क शिक्षा कार्यान्वयन, विभिन्न विधामा छात्रवृत्तिको व्यवस्थापन, दलित, जनजाति र पिछडिएका समुदायका विद्यार्थीलाई वार्षिक शैक्षिक सामग्री उपलब्ध गराउनेसंगै शिक्षक विद्यार्थी अनुपात मिलान तथा विद्यालय मर्जसम्मको अवधारणा जोडिएको छ ।
विधेयक मस्यौदा समितिका संयोजक समेत रहेकि उपाध्यक्ष पार्वती कुँवरका अनुसार विधेयकमा सिंगो इस्मा कै शैक्षिक अवस्थामा सुधार हुने गरि नियम तर्जुमा गरिएको उनले बताएकि छन् । नियम बलियो बनेर गुणस्तर बलियो हुने त होइन तर नियन्त्रणका निम्ति नियम आवश्यकता छ उनले भनिन ।
गाउँसभा १४ गते बस्ने गरे स्थगित भएको हाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology