सुमन महतारा, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले गाउँपालिकामा रहेका ५५ बर्ष माथिका एकल पुरुषलाई टाेलमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने कार्यकाे सुरुवात गरेको छ ।
गाउँपालकाले बार्षिक निति तथा कार्यक्रम बमोजिम ५५ बर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो ।
पहिलो दिन ६ नम्बर वडा अम्मरपुरबाट सामाजिक सुरक्षा भत्ता बितरण कार्यकाे सुरुवात गरिएकाे छ ।
धेरै व्याक्तिहरु जाे सामाजिक सुरक्ष भत्ता पाउँछन् र सामाजिक सुरक्षा भत्ताबाट नै दशै मनाउँने साेचमा रहन्छन् । उनीहरुका लागि दशै अगाडि भत्ता बितरण गरियो भने दशैमा केही सहायत हुने इस्मा गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता पार्बती कुवँरले बताईन ।
उनले गाउँपालिकाले बार्षिक निति तथा कार्यक्रममै ५५ बर्ष माथिका पुरुषलाई मासिक एक हजारको दरले सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेअनुसार बितरण गरेको उनलेे बताएकि छन् ।
सामाजिक सुरक्षा भत्ता लिन आएका एकल पुरुष राङदालका जिवलाल सापकाेटले गाउँपालिकाले बितरण गरेको याे सुरक्षा भत्ताले निकै खुसि भएको बताए । उनले आफुले एकल पुरुषले भत्ता पाईएला भनेर नचिताएकाे बताए त्यस्तै ठुलापाटाका रविलाल कुमालले पनि गाउँपालिकाकाे काम प्रती खुसि व्याक्ति गरे सामाजिक सुरक्षा भत्ता लिन आउने बृद्धअवस्थाका बुवा आमा,एकल महिला, अपांगकाे स्वास्थ्य परिक्षण र स्वास्थ्यकाे जानकारी साथै दिर्घा राेगिका लागि औषधि पनि उपलब्ध गराईने इस्मा गाउँपालिका स्वास्थ्य साखा प्रमुख पदम अधिकारीले बताए ।
आजदेखि सुरु भएको याे कार्यक्रम प्रत्यक वडामा एक एक दिन गरि ६ दिनमा समाप्त हुने छ । दीर्घ राेगि र बिरामीहरुले सम्बन्धि वडा अथवा टाेलमा पुगेर स्वास्थ्य परिक्षण गर्न सक्ने छन् ।
हाल इस्मा गाउँपालिकामा ५७ जनाले सामाजिक सुरक्षा भत्ताको लागि एकल पुरुष दर्ता भएका छन । सामाजिक सुरक्षा बितरण वडा न १,२ र ६ मा शाइन रेसुङा डेभलपमेन्ट बैंक र ३,४,५ मा बैक अफ काठमाडौ ले टोल टोलमै पुगेर सामाजिक सुरक्षा भता वितरणमा सहजीकरण गरेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology