Logo

२०८३, आश्विन १०गते


images
images

पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पुर्ख्यौली जग्गामा बनेको नयाँ घरमा सरे

पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पुर्ख्यौली जग्गामा बनेको नयाँ घरमा सरे

images
  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पुर्ख्यौली जग्गामा बनेको नयाँ घरमा सरे
    images
    images

    राजेश पराजुली, चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पुर्ख्यौली जग्गामा बनेको नयाँ घरमा सरेका छन्। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित शिवनगरमा बनेको एक तले नयाँ घरमा प्रचण्ड र पत्नी सीता दाहाल सरेका हुन्। यसअघि उनी भाडामा बसेको र नयाँ घर बनाएको क्षेत्र शिवनगरभित्रै पर्छ।

    images
    images
    images

     

    images
    images
    images

    नयाँ एकतले घर बनाइएको ६ कठ्ठा जग्गा प्रचण्डको पैतृक सम्पत्ति रहेको छ। यसअघि प्रचण्ड काठमाडौंबाट चितवन जाँदा शिवनगरस्थित भाडाको घरमा बस्ने गरेका थिए।

    images
    images
    images

    मंसिर ४ को निर्वाचन नजिकिएसँगै प्रचण्ड आफ्नो क्षेत्रमा केन्द्रित छ। उनले विकास निर्माणका कामको उद्घाटन र शिलान्याशदेखि पार्टी प्रवेशलाई तीव्र बनाएका छन्।

    बिरामी पत्नी सीतासँगै उनी अस्ति मात्रै चितवन आएका हुन् । आफ्नो निर्वाचन क्षेत्र चितवन ३ का नेता तथा कार्यकर्तासँग भेटघाटलाई उनले तीव्र पारेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।