कृष्ण अन्जन, गुल्मी । सामुदायिक विद्यालयकाे शैक्षिक विकासमा समुदायकाे चासाे आवस्यक रहेको साेमबार रुरुक्षेत्र गाउँपालिका ३ काे सागर पाेखरीमा आयाेजित कार्यक्रममा जाेड दिईएकाे छ ।
स्थानिय प्रतिभा प्राथमिक विद्यालयकाे स्वर्ण महाेत्सवकाे समापन चरणमा प्रतिभा दिप स्मारिका लाेकार्पण कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेश सभा सदस्य कमल राज श्रेष्ठले सामुदायिक विध्यालयले गुणस्तर शिक्षामा जाेड दिन आग्रह गरे ।
कुनै पनि कुराकाे विकास र विनास आफैमा निहित भएकाले राम्रो गर्न सके विकास र राम्रो गर्न नसके विनास हुने बताउँदै विद्यालयमा पनि शिक्षा राम्रो भए विध्यालय रहने र विध्यार्थी पनि नहुने र शिक्षा पनि गुणस्तर नहुने हाे भने विध्यालयकाे मर्जर अपरिहार्य हुने प्रदेश सभा सदस्य श्रेष्ठकाे भनाई थियाे ।
कार्यक्रममा बाेल्दै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले निजि विध्यालय प्रति विश्वास र सामुदायिक विद्यालय प्रतिकाे अविश्वासबाट मुक्त रहँदै सामुदायिक विद्यालयकाे दिगाेपन का लागि पहल गर्न समुदायसँग आग्रह गरे ।
आफू राम्रो कामका सधै लागेकाे र आम रुरुक्षेत्र वासि जनताले विश्वास गरेर पठाएको ठाउँमा कुनै आग्रह र पुर्वाग्रह विना काम गर्ने बताउँदै अध्यक्ष ज्ञवालीले कुनै पनि कुरामा निरपेक्ष बुझाई नराख्न आग्रह गर्दै विध्यालयकाे मर्जरका लागि गाउँपालिकाले तीन सदस्यीय कार्यदल बनाएर काम थालेकाे र परिस्थितिकाे आँकलन पछिमात्र विद्यालयकाे मर्जरमा जाने बताए ।
स्मारिका लाेकार्पण कार्यक्रममामा आफ्नो भनाई राख्दै रुरुक्षेत्र गाउँ पालिकाका उपाध्यक्ष मिना गौतमले विद्यालयले स्वर्न महाेत्सवमा विध्यालयकाे ईतिहास समेटेर स्मारिकाकाे रुपमा अभिलेखि करण गर्ने महत्त्वपूर्ण काम गरेकाे बताईन । विध्यालयका सँस्थापक अध्यक्ष तथा रुरुक्षेत्र गाउँ पालिकाका पुर्व अध्यक्ष निलकण्ठ गौतमले याे क्षेत्रकाे शैक्षिक विकासकाे केन्द्रकाे रुपमा स्थापित विद्यालयकाे निरन्तरकाे कामना गरे ।
विद्यालयले स्वर्ण जयन्तीकाे अवसर मा प्रकाशन गरेकाे प्रतिभा दीप स्वर्ण महाेत्सव स्मारिका विमाेचन गरिएकाे छ । स्मारिकाकाे अतिथिहरुले संयुक्त रुपमा लाेकार्पण गरेका हुन । साठी वटा लेख आलेख समेटिएकाे प्रतिभा दीप स्मारिकाकाे सम्पादक मण्डलमा कृष्ण अन्जान ज्ञवाली, ज्ञाननिष्ठ ज्ञवाली, कृष्ण प्रसाद गौतम, केशव ज्ञवाली, हरि प्रसाद गौतम, परमानन्द ज्ञवाली, ज्ञानेश्वर ज्ञवाली र कमल प्रसाद ज्ञवाली रहेका छन ।
विद्यालय स्वर्ण महाेत्सवकाे समापन तथा स्मारिका लाेकार्पण कार्यक्रमकाे अध्यक्षता विध्यालय व्यवस्थापन समितिका अध्यक्ष हुतराज गौतम ,स्वागत विध्यालयका प्रधानध्यापक विष्णु प्रसाद ज्ञवाली र कार्यक्रम सन्चलान स्मारिका प्रकाशन सम्पादक मण्डलका सदस्य कृष्ण प्रसाद गौतमले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology