Logo

२०८३, श्रावण ३०गते


images
images

माझमा मधेस

आफैले खनेको खाल्डोमा फसे ओली, महन्तलाई प्रधानमन्त्री बनाउने दाहाल-देउवाको तयारी

आफैले खनेको खाल्डोमा फसे ओली, महन्तलाई प्रधानमन्त्री बनाउने दाहाल-देउवाको तयारी

images
  • आफैले खनेको खाल्डोमा फसे ओली, महन्तलाई प्रधानमन्त्री बनाउने दाहाल-देउवाको तयारी
    images
    images

    काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महन्त ठाकुरलाई नै प्रधानमन्त्रीमा अघि सारेर भएपनि वैकल्पिक सरकार बनाउनुपर्ने प्रस्ताव कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राखेका थिए । त्यस बखत देउवा सकारात्मक भएका थिएनन् । 

    images
    images
    images

    तर, पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि विस्थापित गर्नुपर्ने पक्षमा कांग्रेस नेतृत्व पनि पुगेको पाईएको छ । अहिले दोस्रो तहका नेताहरुले माओवादी केन्द्रका नेताहरु र जसपाका नेताहरुसँग गम्भीर छलफल तथा वार्ता गरिरहेका छन् ।

    images
    images
    images

    उता जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले पनि हिजोमात्रै संयुक्त विज्ञप्ती जारी गर्दै अब कसैको नेतृत्वमा सरकारमा नजाने बरु अवसर पाए आफ्नै नेतृत्वमा सरकार बनाउने जनाईसकेका छन् । ठाकुरलाई प्रधानमन्त्री बनाउने सवालमा यादव मात्रै होईन, जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईपनि सकारात्मक देखिएका छन् ।

    images
    images
    images

    बाबुराम भट्टराईले त झन बैशाख २८ गते नै पूर्व प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्री बाहेकको नेतृत्वमा संयुक्त सरकार बनाउनुपर्ने प्रस्ताव राखिसकेका थिए । उनको प्रष्ट संकेत थियो अबको प्रधानमन्त्री ठाकुरलाई बनाउनुपर्छ भनेर । पछिल्लो समय कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरुबीच वैकल्पिक सरकार बनाउनेबारे कसरत भैरहेको छ ।

    यता ओलीले संसदमा विश्वासको मत नपाउने भएपछि संसद् विघटन गरेर आफ्नै नेतृत्वमा चुनावमा जान चाहेको भन्दै ओलीलाई रोक्नको लागि हरेक विकल्पमा विपक्षी गठबन्धनका नेताहरुले लगातार छलफल गरिरहेका छन् । उनीहरु ठाकुरकै नेतृत्वमा अगामी चुनावमा जानुपर्ने पक्षमा पुगेका छन् । अहिले वार्ता सकारात्मक रुपमा अघि बढिरहेको नेताहरुले दाबी गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।