रमेश बहादुर सिंह, बझाङ । गठबन्धनप्रति असन्तुष्ट भएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका बझाङका सबै पाँच जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन् । प्रतिनिधिसभा ३र प्रदेशसभा २जनाले पार्टीको निर्णयविपरीत उम्मेदवारी दिने बझाङमा पाँच जना उम्मेदवारले आज फिर्ता लिएका छन ।
प्रतिनिधिसभातर्फ गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका नेपाली काङग्रेसका पूर्व पाटी सभापति हर्कजङ बहादुर सिंह र नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लोकेन्द्र सिंह धामीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन ।
सिंहले गठबन्धनले कांग्रेस बचाउने सर्तमा आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् भने धामीले एमालेका उम्मेदवार ऐन महरलाई समर्थन गर्दै मनोनयन फिर्ता गरेका छन् ।
यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काङग्रेसका जगतप्रशाद जोशीले पनि मनोनयन फिर्ता लिएका छन् ।
उनले पार्टीले गरेको अनुरोध र पार्टीको निर्णयलाई सम्मान गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताए । यस्तै, प्रदेश १ कै लागि स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका जयभक्त जोशी र अर्का उम्मेदवार भीमबहादुर खड्काले पनि उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत हेमराज तिमिल्सिनाले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology