गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले भाेलि देखि गाउँपालिकामा रहेका ६ वटा वडाका २१ ठाउँमा टाेलटाेलमा पुगेर निशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ ।
गाउँपालिकाले गाउँपालिका भित्र रहेका ६० बर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य अवस्थाकाे जानकारी लिनकाे लागि गाउँपालिकाले गाउँपालिकाका ६ वटा वडाका टाेलटाेलमा स्वास्थ्य परिक्षण गर्ने भएको इस्मा गाउँपालिका स्वास्थ संयाेजक पदम अधिकारिले बताएका छन् ।
आर्थिक बर्ष २०७९/८० काे इस्मा गाउँपालिकाकाे नीति तथा कार्यक्रममा उल्लेख भए बमाेजिम गाउँपालिका भित्र रहेका ६० बर्ष माथिका जेष्ठ नागरिककाे उच्च रक्तचाप ,सुगर,मधुमेह लगाएतकाे स्वास्थ्य परिक्षण कार्यक्रम भाेलि देखि सञ्चालन हुने भएको इस्मा गाउँपालिका उपाध्यक्ष प्रवक्ता अधिवक्ता पार्बती कुवँरले बताईन ।
उनले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण संगै औषधि पनि बितरण हुने भएकाले पाएक पर्ने ठाउँमा पुगेर सेवा लिन सम्पुर्ण जेष्ठ नागरिकलाई आग्रह गरेकि छन् ।कार्यक्रम ३ दिन सम्म सञ्चालन हुने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology