सुमन महतारा, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियाेगिताकाे उपाधि वडा नं. ५ रजस्थलले चुमेको छ । इस्माको छल्दिमा रहेकाे पालुखा माविमा सञ्चालन भएको अध्यक्ष कप खेलकुद प्रतियाेगिताकाे उपाधि रजस्थलले हात पारेको हो ।
गाउँपालिकास्तरीय अध्यक्ष कप खेलकुद प्रतियाेगितामा खुल्ला पुरुष भलिबल, खुल्ला पुरुष फुटबल र खुल्ला महिला भलिबल, खुल्ला फुटसल प्रतियाेगिता सञ्चालन भएको थियो । प्रतियोगितामा पुरुष फुटबल प्रतियाेगितामा वडा नम्बर दुई प्रथम वडा नम्बर ५ दोस्रो भएका छन् ।
त्यस्तै महिला फुटसल प्रतियाेगितामा वडा नम्बर ५ प्रथम भएको छ । त्यस्तै पुुरुष भलिबल प्रतियाेगितामा वडा नम्बर ४ प्रथम र वडा नम्बर ५ दोस्रो भएका छन् । महिला भलिबलमा वडा नम्बर ४ प्रथम र वडा नम्बर ५ दोस्रो भएका हुन ।
असाेज ३१ गतेदेखि सञ्चालन भएको अध्यक्ष कप खेलकुद प्रतियाेगिता ४ दिन सम्म सञ्चालन भएको थियो । भलिबल प्रतियोगितामा विजेता पुरुष र महिलाले २०/२० हजार नगद, मेडल र प्रमाणपत्र पाउँने छन् । भने उपविजेता हुनेले १५/१५ हजार नगद मेडल र प्रमाणपत्र पाएकाे इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले बताईन् ।
त्यस्तै फुटबल प्रथम हुने पुरुषलाई २० हजार नगद मेडल र प्रमाणपत्र पाएकाे र उपविजेता हुने महिला टिमले १५ हजार नगद मेडल र प्रमाणपत्र पाएकाे उपाध्यक्ष कुवँरले बताइन् । त्यस्तै महिला फुटसल प्रतियाेगितामा प्रथम हुने टिमले २० हजार नगद मेडल र प्रमाणपत्र पाएका छन । भने समग्रमा वडा नम्बर ५ ले अध्यक्ष कप जितेर प्रथम भएको छ ।
प्रथम हुने वडा नम्बर ५ ले १३० अंक प्राप्त गरेको छ । साथै दृतिया हुने वडा नम्बर ४ ले ८० अंक सहित दोस्रो स्थान हासिल गरि उपविजेता भएको हाे ।
महिला फुटसलमा २ टिम, पुरुष भलिबलमा १० टिम, महिला भलिबलमा ३टिम, पुरुष फुटबलमा ४ टिम गरि जम्मा १९ टिम सहभागी भएकाे शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख लालबहादुर कुँवरले बताए ।
चार दिन सम्म सञ्चालन भएको अध्यक्ष कप खेलकुद प्रतियाेगितामा आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्ने सम्पुर्णलाई गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले धन्यवाद दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology