काठमाडौ । गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै सर्वोच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेश पनि खारेज गरेको छ ।
आयोगले बैंकिङ कसूरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो
त्यस विरुद्ध गुरुङले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले सो निर्णय कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
शुक्रवार दुवै पक्षको बहसपछि न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी कानूनविपरीत देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश निरन्तर जान नसक्ने भनेको हो ।
सर्वोच्चको यो आदेशसँगै गुरुङ अब उम्मेदवार रहेनन् । सो क्षेत्रमा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।
अदालतले कानूनद्धारा तोकिएको कालोसूचीमा नाम समावेश रहेको सम्बन्धी अयोग्यता राजु गुरुङमा कायम रहेको देखिएकाले उम्मेदवार हुन नपाउने ठहर गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology