Logo

२०८३, श्रावण ३०गते


images
images

राजु गुरुङको प्रश्न: कानुनमा अनविज्ञता हुँदैन, तर वालुवाटार काण्डमा पौडेल कसरी चोखिए ?

राजु गुरुङको प्रश्न: कानुनमा अनविज्ञता हुँदैन, तर वालुवाटार काण्डमा पौडेल कसरी चोखिए ?

images
  • राजु गुरुङको प्रश्न: कानुनमा अनविज्ञता हुँदैन, तर वालुवाटार काण्डमा पौडेल कसरी चोखिए ?
    images
    images

    बुटवल । रुपन्देही २ बाट गठबन्धनका उम्मेद्वारी खारेज भएका नेकपा एकिकृत समाजवादीका नेता राजु गुरुङले आफूमाथि षडयन्त्र गरिएको बताएका छन् । उनले पाँच दलीय गठबन्धनबाट आफू उम्मेद्वार भएपछि अत्तालिएर सेटिङमार्फत उम्मेद्वारी खारेज गराएको आरोप लगाए । उनले आफूले सर्वोच्च अदालतको फैसलालाई स्विकार गर्ने तर, वालुवाटारको सरकारी जग्गा  खरिद काण्डमा जग्गा फिर्ता गरेपछि विष्णु पौडेल चोखिन मिल्ने की नमिल्ने भनेर प्रश्न उठाएका छन । ‘कानुनी अनविज्ञता क्षम्य हुँदैन भनिन्छ, तर वालुवाटारमा सरकारी जग्गा हडपेर मैलै थाहा पाइँन भनेर छुट पाईन्छ’ उनले प्रश्न गरे । उनले सरकारी जग्गा फिर्ता गरेर चोखिन मिल्ने तर सामान्य गल्ती कमजोरी गर्दा सजाय भोग्नुपरेको परेको दुखेसो पोखे । 

    images
    images
    images

    उनले नेकपा एमाले र विष्णु पौडेलका कारण कम्पनी कालो सूचीमा रहेको वाहनामा उम्मेद्वारी खारेज गराएको बताए ।  उनले वालुवाटारको सरकारी जग्गा काण्डमा मुछिएका कुमार रेग्मीको इजलाशले उम्मेद्वारी खारेज गरिएकाले आशंका रहेको समेत बताए । 

    images
    images
    images

    उनले आफु व्यक्तिगत रुपमा कालोसूचीमा नरहेको बताउँदै अहिले पनि बैंकहरुमा खाता सञ्चालन भइरहेको बताए । ‘कर्जा सूचना केन्द्रको कालोसूचीमा राजु गुरुङको नाम काँहि कतै देखिन्न, मेरो सिद्धार्थ बैंकमै व्यक्तिगत खाता चलिरहेको छ, अन्य बैंकमा पनि कारोबार भइरहेको छ, कालो सूचीमा रहेको कुनै सूचना छैन’ उनले भने । उनले आफूमाथि अन्याय भएको उल्लेख गरे । 

    images
    images
    images

    विष्णु पौडेलले एकल रुपमा आफूलाई स्थापित गर्ने गरि षडयन्त्र भएको भन्दै अब रुपन्देही २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वार केशव सूर्यवंशीले पौडेलाई हराउने दावी गरे । 

    उनले आफू भैरहवामा गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल बनाउन २०५५ सालमा युवाहरुको टोली लिएर तत्तकालीन प्रधानमन्त्री गिरिजा प्रसाल कोइरालाई भेटन गएको स्मरण गरे । उनले चाइनिज कम्पनीले आफ्नो कम्पनीलाई ४८ करोड दिन बाँकी रहेको बताए ।सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो भएको आरोप लगाए । गुरुङलाई बैंकिङ कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले असोज २५ गते उम्मेद्वारी खारेज गरेको थियो । 

    निर्वाचन आयोगका खारेजी विरुद्ध गुरुङ सर्वोच्च अदालत पुगेपनि शुरुमा उम्मेद्वारी कायम राख्न गरेको अन्तरिम अल्पकालिन आदेशलाई निरन्तरता नदिने फैसला गरेपछि गठबन्धनले जनमुक्ति पार्टीको उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजु गुरुङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।