Logo

२०८३, आश्विन ११गते


images
images

यस्तो छ गुल्मी-२ (क) का उम्मेदवार  श्रेष्ठको ४ दशक लामो राजनीतिक अनुभव र उपलब्धि

यस्तो छ गुल्मी-२ (क) का उम्मेदवार  श्रेष्ठको ४ दशक लामो राजनीतिक अनुभव र उपलब्धि

images
  • यस्तो छ गुल्मी-२ (क) का उम्मेदवार  श्रेष्ठको ४ दशक लामो राजनीतिक अनुभव र उपलब्धि
    images
    images

    सुमन महतरा, गुल्मी । आसन्न मंसिर ४ गते हुन गइरहेको प्रदेश र संघको निर्वाचनका लागि यतिबेला सबै राजनीतिक दल मत माग्न व्यस्त छन् । गुल्मीमा पनि सत्तारूढ गठबन्धन र विपक्षी गठबन्धन लगायतका दल र उम्मेदवारहरू चुनावमा मत माग्न जनताको घरघर र बस्तीबस्तीमा पुगीरहेका छन् । 

    images
    images
    images

    गुल्मीको क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा सत्तारूढ गठबन्धनबाट नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ र  विपक्षी गठबन्धनबाट नेकपा एमालेका नेता डिल्लीराज भुसालबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

    images
    images
    images

    वि. सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा झिनो मतले चुनाव हारेका थिए काङ्ग्रेसका श्रेष्ठले । २०३८ सालबाट नेपाल विद्यार्थी संघबाट राजनीतिमा छिरेका उनले ४१ बर्षसम्म बिचलित नभइ निरन्तर नेपाली काङ्ग्रेसको सक्रिय राजनीति गरिरहेका छन् ।

    images
    images
    images

    २०४६ सालमा ञ्चायत बिरुद्ध लडेको बापत १७ दिन जेल जीवन बिताएका श्रेष्ठले १० बर्षसम्म तत्कालीन तम्घास गाविसकाे गाविस अध्यक्ष भएर काम गरेको समेत अनुभव संगालेका छन् । 

    नेपाली काङ्ग्रेसको भातृ संगठन नेविसंघ र तरुण दल जिल्ला संस्थापक अध्यक्ष, २ पटक पार्टीको जिल्ला सचिव, एक पटक उपसभापति र एकपटक जिल्ला सभापति हुदै यतिबेला उनी नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको उपसभापति समेत छन् । 

    २०७४ सालकाे स्थानीय निर्वाचनमा एमालेका डिल्लीराज भुषालसंग पराजय भएका श्रेष्ठ यतिबेला भने आफुले चुनाव जित्ने धेरै आधार रहेको बताउँछन् । उनी भन्छन्, २०४९ देखि २०५९ सम्म तम्घास गाविसकाे अध्यक्ष हुदा गरेका मुख्य काम सम्झिदै उनी भन्छन्,  "मैले २०४९ सालमा गाविस अध्यक्ष भए लगत्तै देशमा कहिँ सुरू नभएको र नउठेकाे बिषय  अपांगलाई ५० रुपैया भत्ता दिने कार्यक्रमकाे सुरुवात गरेका थिएँ।"

    देशको राजधानीमा समेत फाेहाेर उठाउने बिषय अहिले पनि उठ्छ तर उतिबेला गाविस अध्यक्ष हुदादेखि हरेक हप्ता फाेहाेर उठाउन चलन तम्घास गाविसमा ल्याएका थिए श्रेष्ठले । उनी अगाडि थप्छन्, "देशका धेरै ठाउँमा अहिले पनि पानीको बिकाराल समस्या छ । तर तम्घासकाे गाविस अध्यक्ष हुँदा देशमा रास्ट्रिय नीति नै नवनेकाे समयमा मैले २०५६ मा तम्घासका जनतालाइ लिफ्टबाट  खानेपानी खुवाएका थिएँ ।"

    जिल्लाकै धार्मिक तथा ऎतिहासिक क्षेत्र रेसुङ्गामा बाटाे लैजान २०६२ सालमा आफुले पहल गरेको सम्झिदै उनले आफू तम्घासकाे गाविस अध्यक्ष हुँदा हालकाे रेसुङ्गा नगरपालिकामा अधिकासं ठाउँमा बाटो पुगेको बताउँछन् ।

    यतिमात्र हैन नेपाली काङ्ग्रेसले २०७५ सालकाे 'महाअभियान' गाउँ जाउँ गाउँमै रमाउ ५० दिने माहाअभियानकाे बेला जिल्लाकाे चन्द्रकाेट गाउँपालिका विस्वखर्काकाे सार्की टाेललाइ सिलाङटाेल बनाउन उनी लागिपरेका थिए । दलित समुदायलाई राजनीति दलले भाेटर बैंक भन्दै गर्दा उनी ५० दिन दलित परिवारमा बसेर दलितका समस्या समेत सुन्ने गरेका थिए । 

    श्रेष्ठले प्रदेश आन्दोलनकाे बेला पहाड र तराई छुट्याउँन नहुने भन्दै लामो समय आन्दोलनकाे नेतृत्व समेत गरेका थिए । 

    काेराेनाले विश्व नै आक्रान्त भएको त्याे बेला बिरामीले बेड नपाएको अवस्थामा नेपाली काङ्ग्रेसको जिल्ला सभापति रहदा श्रेष्ठले पार्टी कार्यालयलाई नै आइसोलेसन बनाउँन भवन उपलब्ध गराउने निर्णय उतिबेला गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।