Logo

२०८३, श्रावण ३०गते


images
images

सामाजिक सञ्जालमा उम्मेदवारलाई भोट माग्ने वडाध्यक्ष रिजाललाई पाँच हजार जरिवाना

सामाजिक सञ्जालमा उम्मेदवारलाई भोट माग्ने वडाध्यक्ष रिजाललाई पाँच हजार जरिवाना

images
  • सामाजिक सञ्जालमा उम्मेदवारलाई भोट माग्ने वडाध्यक्ष रिजाललाई पाँच हजार जरिवाना
    images
    images

    काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई आचारसंहिता उल्लंघनमा कारबाही गरेको छ। 
    आयोगले निर्वाचन आयोग ऐनको दफा २३ को उपदफा (३) बमोजिम ५ हजार रुपैयाँ जरिवाना गरेको हो। 

    images
    images
    images

    १२ असोजबाट आचारसंहिता लागू भएपछि ७१ व्यक्ति तथा संस्थालाई स्पष्टीकरण सोधेको आयोगले उल्लंघनमा गरेको यो पहिलो कारबाही हो।
     
    आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि उम्मेदवार तथा दलको प्रचारमा सहभागी हुन नपाउने आचारसंहिताको प्रावधान उल्लंघन गर्दै रिजालले सामाजिक सञ्जालमा उम्मेदवारलाई भोट माग्दै जिताउन अपिल गरेको भिडियो प्रमाणका आधारमा आयोगले कारबाहीस्वरूप जरिवाना गरेको हो। 

    images
    images
    images

    कारबाहीअघि आयोगले सोधेको स्पष्टीकरणमा रिजालले कुनै पनि प्रचारप्रसारमा सहभागी नभएको जवाफ दिएका थिए।यस्तै, आयोगले करको दरमा छुट दिने गण्डकी प्रदेश सरकारको निर्णय आचारसंहिताविपरीत भन्दै २४ घण्टाभित्र बदर गर्न निर्देशन दिएको छ। 

    images
    images
    images

    गण्डकी प्रदेश सरकारले २७ असोजमा विभिन्न करका दरमा छुट दिने गरी राजपत्रमा सूचना प्रकाशित गरेको थियो। 

    आचारसंहिता लागू भइसकेपछि करका दरमा छुट दिने नीतिगत निर्णय गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पर्नुका साथै आचारसंहिता उल्लंघन गरेकाले निर्वाचन आयोग ऐनको दफा २३ को उपदफा (२) बमोजिम २४ घण्टाभित्र निर्णय बदर गरी यथाशक्य चाँडो निर्वाचन आयोगमा उपलब्ध गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन गरिएको आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले जानकारी दिए। 

    करको दरमा छुट दिने निर्णय प्रक्रियामा संलग्न प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, आर्थिक मामिला तथा योजनामन्त्री, प्रमुख सचिव तथा आर्थिक मामिला मन्त्रालयका सचिवलाई आचारसंहिता उल्लंघनमा किन जरिवाना नगर्ने भनेर छुट्टाछुट्टै २४ घन्टे स्पष्टीकरणसमेत माग गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।