Logo

२०८३, श्रावण २७गते


images
images

पत्रकार तथा सञ्चारकर्मीहरुलाई एकदिने अभिमुखिकरण

पत्रकार तथा सञ्चारकर्मीहरुलाई एकदिने अभिमुखिकरण

images
  • पत्रकार तथा सञ्चारकर्मीहरुलाई एकदिने अभिमुखिकरण
    images
    images

    अनिष पन्थी, गुल्मी । गुल्मीमा जिल्ला निर्वाचन कार्यालयले  जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुलाई निर्वाचन सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम गरेको छ।

    images
    images
    images

    शनिबार सदरमुकाम तम्घासमा निर्वाचन कार्यालयले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी,  निर्वाचन अधिकृत, सुरक्षा निकायका पदाधिकारी तथा सम्पुर्ण मिडियाकर्मीको सहभागितामा निर्वाचनमा संचार माध्यमको भुमिका विषयक मिडिया अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो।

    images
    images
    images

    मुख्य निर्वाचन अधिकृत बसन्तराज पौड्यालको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौड्यालको विशेष आतिथ्यतामा  कार्यक्रम सम्पन्न भएको हो।

    images
    images
    images

     निर्वाचन अधिकृत माया कुँवरले सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आचारसंहिता विपरितका लेखन, तस्वीर र फोटाहरु पोष्ट हुनबाट रोक्न र सञ्चारकर्मीमार्फत आचारसंहिता पूर्णरुपमा पालना गराउने उद्देश्यका अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताइन्।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले बिशेष गरी पत्रकार महासंघका पदाधिकारी र सञ्चार माध्यमहरुको प्रमुखहरु सम्वन्धित निकायको निगरानीमा भई रहने भएकोले आफु समेत कसैले फेसबुक सामग्री ट्याग गर्दैमा समेत स्पष्टीकरण दिनु परेको बताए ।

    त्यस्तै निर्वाचन अधिकृत शिब बहादुर थापा मगरले हाल सम्म गुल्मीका पत्रकार तथा सञ्चारकर्मीहरुले कसैको मानहानी र आचारसंहिता विपरितका नकरात्मक कुराहरु सञ्चार माध्यमहरुमा दिएको नपाईको र आगमी दिनमा पनि त्यही अपेक्षा राखिएको बताए ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौड्यालले निर्वाचन आचारसंहिता पालना गराउने कुरामा निर्वाचन कार्यालय , प्रशासन र पत्रकारहरुको समेत उत्तिकै दायित्व भएको भन्दै सरकारले मुख्य ६ वटा कुरा पालना गर्न गराउने अपेक्षा राखेको बताउँदै आचारसंहिताका बिषयमा पत्रकारहरु गम्भीर र जिम्मेवार भइदिन आग्रह गरे ।

    त्यस्तै मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले आचारसंहिता बारे आफू स्वयम् पनि किताब नहेरेसम्म अनविज्ञ रहेकोले सञ्चारकर्मीहरुले सञ्चार माध्यमबाट बुझाई दिनु पर्नेमा जोड दिए।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।