१० जेठ काठमाडाैं- एसिया कप क्रिकेट सन् २०२३ सम्मका लागि स्थगित भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एक विज्ञप्ति जारी गर्दै स्थगित गरिएको जनाएको छ ।
कोरोना महामारी र अन्तर्राष्ट्रिय क्रिकेटको व्यस्त तालिकाका कारण आगामी २ वर्षका लागि प्रतियाेगिता स्थगित गरिएकाे बताइएको छ ।
यो वर्षको अन्त्यमा टी२० विश्वकप आयोजना हुँदैछ । यस्तै एसेज शृंखला र एक दिवसीय विश्वकप पनि हुने तालिका रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology