Logo

२०८३, आश्विन ११गते


images
images

ओडारमा बसेका परिवारलाई समाजसेवी थापाले बनाइदिए  एकल खर्चमा घर

ओडारमा बसेका परिवारलाई समाजसेवी थापाले बनाइदिए  एकल खर्चमा घर

images
  • ओडारमा बसेका परिवारलाई समाजसेवी थापाले बनाइदिए  एकल खर्चमा घर
    images
    images

    गुल्मी । बागलुङको बडिगाड गाउँपालिका वडा नं ६ स्थित एक ओडारमा कष्टकर जीवन बिताईरहेका परिवारलाई समाजसेवी लिल बहादुर थापाले व्यक्तिगत खर्चमा घर निर्माण गरिदिएका छन।

    images
    images
    images

    केही समय अगाडी ओडारमा बसेका जुना दमाईको परिवारलाई उनले  व्यक्तिगत खर्चमा घडेरी किनिदिई लाल पुर्जा हस्तान्तरण गरेका थिए । उक्त घडेरीमा घर बनाई समाजसेवी थापाले दमाई परिवारलाई एक कार्यक्रमकाबीच शुक्रवार हस्तान्तरण गरेका हुन।

    images
    images
    images

    घरको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका परिवारलाई थापाले व्यक्तिगत खर्चमा हालसम्म कोठा भाडामा राखेका थिए।  
     घर हस्तान्तरण कार्यक्रम पश्चात जुना दमाईले आफ्ना जीवनमा भगवानको रुप लिएर समाजसेवी थापा आएको बताइन । उनले  आफुले कहिले पनि ओडारबाट फेरी घरसम्म जान पाईएला भनेर कल्पना पनि नगरेको भन्दै समाजसेवी थापा प्रति धन्यवाद व्यक्त गरिन

    images
    images
    images


    कार्यक्रममा बोल्दै बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले सिगों राज्यले निभाउनुपर्ने जिम्मेवारी समाजसेवी थापाले स्वम्ं एक्लैले गरेको भन्दै यो नेपालमै पहिलो पटक आफुले देखेको बताइन । पिडित नागरिकहरुको अवस्थाका बारेमा चित्रण गरी समाजसेवी लिल बहादुर थापा जस्ता दानवीर व्यक्तिहरु जुटाएर यति ठुलो पुण्य कर्म गरेको भन्दै जिटिभि नेपाललाई समेत धन्यवाद व्यक्त गरिन

    त्यस्तै बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वनले जुना दमाईको परिवारलाई लालपुर्जा हस्तान्तरण कार्यक्रममा आफु पनि सहभागी भएको स्मरण गर्दै समाजसेवी थापा बाँकेको मान्छे भएर पनि बागलुङको ग्रामीण क्षेत्रमा गरिब परिवारलाई घर निर्माण गरिदिए लाखौँ पुण्यको काम गरेको बताए।  पुण्य कमाउन पुजाआजा गर्नेभन्दा पनि यस्ता दुखी र गरिब परिवारहरुलाई सहयोग गर्न सके वास्तविक पुण्य हुने समेत बताए । आफुलाई सुन्दा पनि चलचित्रको कथा वस्तु लागेको भन्दै उहाँले राज्यले लिल बहादुर थापा जस्ता व्यक्तिहरुलाई सम्मान गर्न सक्नुपर्ने समेत बताए।


    बडिगाड गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले दानवीर लिल बहादुर थापा जस्ता व्यक्तिहरु अझै प्रत्येक ठाउँमा हुन सकेमा कोही पनि दुखी गरिब भएर बस्नुनपर्ने बताए।

    त्यस्तै बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले आफ्नै वडाका नागरिकहरुले घर पाउँदा आफुलाई पनि खुसी लागेको भन्दै लिल बहादुर थापा एक्लैले सिगों गाउँपालिका र स्थानीय सरकारलाई समेत शिक्षा दिनुभएको बताए । वडाध्यक्ष आचार्यले सोही अवसरमा जुना दमाईका छोरा छोरीलाई भानु माध्यमिक विद्यालयमा अध्ययन खर्चको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

    कार्यक्रममा वडा नं ५ का पूर्व वडाध्यक्ष अर्जुन प्रसाद खरेलले धन आर्जन र धनी व्यक्तिहरु यो देशमा भएपनि लिल बहादुर थापा जस्ता दानवीर व्यक्तिहरु भने थोरै मात्र हुने भन्दै व्यक्तिगत खर्चमा घर निर्माण गरिदिने यो महान कार्य गरेको भन्दै थापाप्रती धन्यवाद व्यक्त गरे। उनले पछिल्लो समय बदनामी बनेको पत्रकारितालाई जिटिभि नेपालमा कार्यरत पत्रकारहरुले चुनौती दिएको भन्दै यस्ता पत्रकारहरुको समाजमा खाँचो रहेको बताए ।


    घरको आर्थिक अवस्था निकै कमजोर भएका दमाई परिवारको जि टिभी नेपालका सञ्चालक दिपक नेपालीले सञ्चालन गरेको कार्यक्रम संघर्षका कथा मार्फत प्रशारण भएको भिडियो सामाग्री देखेर र सुनेर समाजसेवी थापाले घर निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए।

    ४ जनाको परिवार सहित बस्दै आएका वृद्ध चाउरे दमाईले घर पाएपछि गहभरी आँसु झादै आफूहरुको लागि साँच्चै नै जिउँदो भगवान भएर लिल बहादुर थापा आएको भन्दै खुशी व्यक्त गरे।

    घर हस्तान्तरण कार्यक्रममा जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले जिटिभि नेपालले उठाएको विषयलाई हेरेर घर नै निर्माण गरिदिएको भन्दै समाजसेवी थापा प्रति धन्यवाद व्यक्त गरे । उनले यो अभियानमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने सम्पूर्णलाई आभार व्यक्त गरे।
    कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासघं गुल्मीका कोषाध्यक्ष कौरव खत्रीले गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।