Logo

२०८३, श्रावण २७गते


images
images

'मंगलबारदेखि विहिवारसम्म हावाहुरी लाग्ने र असिना पानी पर्ने हुनसक्छ' - मौसम विभाग

'मंगलबारदेखि विहिवारसम्म हावाहुरी लाग्ने र असिना पानी पर्ने हुनसक्छ' - मौसम विभाग

images
  • 'मंगलबारदेखि विहिवारसम्म हावाहुरी लाग्ने र असिना पानी पर्ने हुनसक्छ' - मौसम विभाग
    फाइल फोटो
    images
    images

    काठमाडौं । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली हाल चक्रवात यास (YAAS) मा परिणत भैसकेको र उक्त चक्रवात उत्तर-उत्तरपश्चिम सर्ने क्रममा मंगलवार (आज) धेरै शक्तिशाली चक्रवातमा परिणत हुने  मौसम पुर्वानुमान विभागले जनाएको छ ।

    images
    images
    images

    बुधवार (भोलि) सम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने उल्लेख गर्दै पुर्वानुमान विभागले  उक्त चक्रवातको केही असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेकोले सबैलाई सजग रहन अनुरोध गरेको छ ।

    images
    images
    images

    सो प्रणालीका कारण मंगलबार अपरान्ह पछि देशका धेरै स्थानहरूमा सामान्य देखी पूर्ण बदली भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली पहाड़ी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको जनाईएको छ । जसका कारण हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबार देखि केहि दिनसम्मका लागी पर्वतारोहिहरूलाई मौसम अनुसार सजग रहन अनुरोध गरिएको छ ।

    images
    images
    images

    देशका धेरै स्थानहरुमा बुधबारबाट केही दिन हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा भारी वर्षा र बिहिवार कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको एक-दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको जनाईएको छ । 

    यो मौसममा मेघगर्जन/ चट्याङ हावाहुरी र असिना पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा अध्यावधिक गर्दै जाने समेत मौसम पुर्वानुमान विभागले बताइएछ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।