Logo

२०८३, श्रावण ३०गते


images
images

चितवनमा कुन राजनीतिकले समानुपातिकमा कति मत पाए ?

चितवनमा कुन राजनीतिकले समानुपातिकमा कति मत पाए ?

images
  • चितवनमा कुन राजनीतिकले समानुपातिकमा कति मत पाए ?
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक निर्वाचन प्रणालीतर्फ पहिलो राजनीतिक दल बनेको छ। रास्वपा समानुपातिक प्रणालीतर्फ तीनवटै निर्वाचन क्षेत्रमा फराकिलो मतान्तरका साथ पहिलो दल बनेको हो । यसपालि जिल्लाका तीन निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीले ९९०३७, नेकपा एमालेले ५५३१२, नेपाली कांग्रेसले ३९१३०, माओवादी केन्द्रले २९४६१, राप्रपाले २५०५५ र नेकपा एकीकृत समाजवादीले ४९०६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। चितवन निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले ३४६९१ मत प्राप्त गरेको छ। नेकपा एमालेले २४००६, नेपाली कांग्रेसले १६६९५, नेकपा माओवादी केन्द्रले ४९६५, राप्रपाले ५०८२ र नेकपा एकीकृत समाजवादीले ३५१८ मत प्राप्त गरेका छन्। यो क्षेत्रको ९५३९९ मत गणना हुँदा रास्वपाले ३६, एमालेले २५, कांग्रेसले १८, माओवादीले ५, राप्रपाले ५ र एकीकृत समाजवादीले ४ प्रतिशत मत समानुपातिकतर्फ पाएका छन्। निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले ३५९४५ मत प्राप्त गरेको छ। नेकपा एमालेले १६७८४, नेपाली कांग्रेसले ११९१४, नेकपा माओवादी केन्द्रले ८४०७, राप्रपाले ३२१८ र नेकपा एकीकृत समाजवादीले ६१६ मत प्राप्त गरेका छन्। यो क्षेत्रको ८२९३४ मत गणना हुँदा रास्वपाले ४३, एमालेले २०, कांग्रेसले १४, माओवादीले १०, राप्रपाले ४ र एकीकृत समाजवादीले ०।७४ प्रतिशत मत समानुपातिकतर्फ पाएका छन्। क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले २८४०१ मत प्राप्त गरेको छ। नेकपा एमालेले १४५२२, नेपाली कांग्रेसले १०५२१, नेकपा माओवादी केन्द्रले १६०८९ र राप्रपाले १६७५५ र एकीकृत समाजवादीले १०८५ मत पाएका छन्। यो क्षेत्रको ९४२८० मत गणना हुँदा रास्वपाले ३०, एमालेले १५, कांग्रेसले ११, माओवादीले १७, राप्रपाले १८ र एकीकृत समाजवादीले १ प्रतिशत मत समानुपातिकतर्फ पाएका छन्। यस अघिको प्रतिनिधिसभा निर्वाचनमा चितवनमा सबभन्दा ठूलो दल नेकपा एमाले बनेको थियो भने कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएका थिए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।