काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आकाशिएको छ। बिहिबार सुनको मूल्यले प्रति तोला ९९ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९९ हजार एक सय रुपैयाँमा कारोबार भएको छ ।
छापावाल सुन बिहीबार प्रतितोला ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुनको मूल्य एक हजारले बढेको हो । मंसिर महिना विवाहकाे माैसम भएकाले पनि सुनकाे मूल्य बढेकाे हाे।
आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदीको प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology