सुमन महतारा, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले पालिकाभित्र रहेका नागरिकको आखाको निशुल्क शल्यक्रिया गरिरहेकाे छ । गाउँपालिकाले नागरिकको आखाको निशुल्क शल्यक्रिया गरेपछि स्थानीयले राहत महसुस गरेका छन ।
इस्मा ५ का मन बहादुर कुँवरले पालिकाले निशुल्क आखाको शल्यक्रिया गरिदिएपछि आफुहरुलाइ अत्यन्तै राहत भएको बताए । उनले भने 'आखाको शल्यक्रिया सित्तैमा भयो । अब अरुले झैँ राम्ररी देख्न र हेर्न पाउँने भएँ ।' आखाको ज्याेति पुन: पाएपछि खुसि हुँदै उनी आफ्ना नातिको हात समाइ घर फर्किए ।
एकजनाको आखाकाे शल्यक्रिया गर्न ७ हजार बढि रकम लाग्ने गर्दछ । धनी व्याक्तिलाइ याे रकम धेरै नभए पनि सामान्य नागरिकलाई याे रकम धेरै नै हुने गर्दछ। शल्यक्रिया गर्दा लाग्ने रकम पालिकाले तिरिदिएपछि आफुलाई निकै राहात मिलेको इस्मा ४ कि ६४ बर्षिय उमा दर्जीले बताइन् ।
उमेर बुढेसकालमा प्रवेश गरेपछि शरिरका विभिन्न अङ्गले काम गर्ने छाड्छन । त्यस्तै आखामा मतियाविन्दु , रतन्धाे जस्ता राेगले सताउँने गर्छन् । मतियाबिन्दुकाे शल्यक्रिया गाउँपालिकाले निशुल्क गरिदिने भएपछि आम नागरिकमा हाैसला थपिएको छ । जिल्ला आँखा उपचार केन्द्र र इस्मा गाउँपालिका बिच सम्झौता भए बमाेजिम याे कार्यक्रम अगाडि बढेको आँखा अस्पतालका कार्यालय प्रमुख सुर्य बस्नेतले बताएका छन ।
अहिलेसम्म १७ जना बृद्ध बुद्धाहरुकाे निशुल्क आखाकाे शल्यक्रिया गरिएको आँखा अस्पतालका कार्यालय प्रमुख सुर्य बस्नेतले बताएका छन । इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले गाउँपालिकाका जनताकाे आखाको शल्यक्रिया गर्न नेपाल नेत्र ज्याेति संघ गुल्मी संग सम्झौता गरेको र निशुल्क राहात लिन सबैलाई आग्रह गरेकाे बताएका छन । उनले गाउँपालिकाका जनताको स्वास्थ्यकाे निम्ति सधैं सकारात्मक कार्य गर्ने बताए ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष पार्वति कुँवरले याे निरन्तर चल्ने भएकाले आखाको समस्या हुने इस्मालिले आफुलाइ समय मिलाएर जिल्ला आँखा अस्पताल तम्घास गएर सेवा लिन अनुरोध गरेकि छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology