Logo

२०८३, आश्विन ९गते


images
images

कविता

कविता : ओ शासक ! तिम्रो दिमाग कहाँ छ

कविता : ओ शासक ! तिम्रो दिमाग कहाँ छ

images
  • सेतोमसी सहकर्मी
  • कविता : ओ शासक ! तिम्रो दिमाग कहाँ छ
    images
    images

    'ओ शासक ! तिम्रो दिमाग कहाँ छ ?'

    images
    images
    images

    उखुको झ्याङ्भित्रबाट
    अझै आवाज आइरहन्छ
    'दाइ ! मलाई बचाउनुस् !'

    images
    images
    images

    अस्पतालबाट
    बिरामीका आफन्त अझै हारगुहार गरिरहेछन्
    'लौ न रगत ! लौ न अक्सिजन ! लौ न उपचार !'

    images
    images
    images

    परदेशबाट
    खबरहरु आइरहन्छन्
    'छोरो रहेन ! बा रहनुभएन !'

    सत्ताको कौशीमा बसेर
    शासक
    घोक्रो फुलाउँदै कराइरन्छ
    'का.....ग ! का........ग ! का.....ग !'

    गरीबको भान्सामा भोक अट्टाहास हाँसिरहेछ !
    सरकार सडकमा नाङ्गै दौडिरहेछ !

    कोही आफ्नै कपडा च्यातेर
    ढाक्न खोजिरहेको छ सरकारको आङ !
    तर सरकार आँखा चिम्लेर
    दौडिरहेकै छ लगातार 
    नाङ्गै,
    र कुल्चिरहेकै छ फुटपाथमा भोको निदाएका पेटहरु !

    बोल्न नसकेर,
    बोल्न नजानेर,
    बोलीको सुनुवाइ नभएर,
    बोल्नुको अर्थ नदेखेर,
    चुपचाप चुपचाप छन् जनताहरु ।

    म,
    यो मुलुकको सबैभन्दा क्रान्तिकारी कवि,
    हातमा मोबाइल बोकेर
    थिचिरहेछु लगातार
    'हार्दिक श्रद्धाञ्जली !'
     र आफ्नै काँध थपथपाइरहेछु
    'स्याबास् कवि, स्याबास् !'

    पिँजडाभित्रबाट
    केही सुगाहरु रटिरहेछन्
    'ओ शासक ! तिम्रो दिमाग कहाँ छ ?'

    - सुदर्शन अधिकारी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।