Logo

२०८३, श्रावण ३०गते


images
images

चितवनमा पाँच महिनामा एक सय ६२ दुर्घटनामा ४० जनाको मृत्यु 

चितवनमा पाँच महिनामा एक सय ६२ दुर्घटनामा ४० जनाको मृत्यु 

images
  • सेतोमसी सहकर्मी
  • चितवनमा पाँच महिनामा एक सय ६२ दुर्घटनामा ४० जनाको मृत्यु 
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश (चितवन) ।  चालु आर्थिक वर्षको पाँच महिनामा भएका एक सय ६२ दुर्घटनामा ४० जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ३३ पुरुष, चार महिला, एक बालक र दुई बालिका छन् ।

    images
    images
    images

    ती दुर्घटनामा ९२ गम्भीर घाइते र २१५ सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनामा दुई सय ४२ वटा सवारीसाधन संलग्न रहेका छन् । दुर्घटनामा पर्ने सवारीसाधनमा सबैभन्दा बढी मोटरसाइकल छन् । मोटरसाइकल एक सय ३३, जिप, कार ३४, ट्रक ट्याङ्कर ३१, बस १५, माइक्रो छवटा, ट्र्याक्टर पाँच, ट्याम्पो आठ, टिपर चार, शारीरिक शक्तिबाट चल्ने १२ वटा र अन्य चारवटा रहेको कार्यालयले जनाएको छ ।

    images
    images
    images

    सबैभन्दा बढी दुर्घटना भित्री सडकमा हुने गरेको कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिए । मुख्य राजमार्गमा भन्दा भित्री सडकमा सवारीको गति तीव्र हुने भएकाले सो क्षेत्रमा बढी दुर्घटना हुने गरेको उनले बताए।हामीले सवारी यान्त्रिकीकरण परीक्षण, सचेतना कार्यक्रमलाई तीव्ररूपमा अगाडि बढाएका छाँै ।” सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले सचेतनामूलक कार्यक्रम र नियमित जाँचलाई तीब्र बनाइएको उनले बताए। भित्री सडकमा चालकको लापरवाही, मादक पदार्थ सेवन, साँघुरा, कच्ची सडक र ट्राफिक प्रहरीको पहुँच कम हुने भएकाले पनि दुर्घटना बढी हुने गरेको  भनाइ छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • # चितवन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।