Logo

२०८३, श्रावण ३१गते


images
images

प्रधानमन्त्री प्रचण्डको सपथ आज, एमालेबाट विष्णु पौडेलले सरकारको नेतृत्व गर्ने तयारी

प्रधानमन्त्री प्रचण्डको सपथ आज, एमालेबाट विष्णु पौडेलले सरकारको नेतृत्व गर्ने तयारी

images
  • प्रधानमन्त्री प्रचण्डको सपथ आज, एमालेबाट विष्णु पौडेलले सरकारको नेतृत्व गर्ने तयारी
    images
    images

    काठमाडौं । नेकपा एमाले सहितका दलहरुको समर्थनमा आइतबार प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ लिदैछन।  

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले सपथ लिएपछि आजै सानो आकारको मन्त्रीपरिषद गठन हुनेछ। जसमा नयाँ सत्ता समिकरणका दलहरूले आफ्नो दलबाट को-कसलाई मंत्री बनाउने भन्ने तयारीका लागि दलहरू आन्तरिक बैठकको तयारीमा छन्।  

    images
    images
    images

    माओवादी केन्द्रले सोमबार बिहान ८ बजे पार्टी पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो । ‘सोमबार बिहान ८ बजे पदाधिकारी बैठक बोलाइएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ’, माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुन्छ ।’ श्रोतका अनुसार माओवादीले प्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पाउने सहमति भएको छ । 

    images
    images
    images

    एमाले अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्षद्धय सुवास नेम्वाङ र विष्णु पौडेलबीच कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारे अध्यक्ष ओली निवास बालकोटमा छलफल भएको छ । एमालेले उपाध्यक्ष पौडेललाई सरकारमा पठाउने आन्तरिक तयारी गरेको बुझिएको छ ।

    त्यसैगरी ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनको बैठक संसद भवन नयाँ बानेश्वरमा तय भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।