Logo

२०८३, श्रावण ३०गते


images
images

गगनले पोखरा पुगेर भने `कांग्रेस पार्टी फेरि उठ्छ´

गगनले पोखरा पुगेर भने `कांग्रेस पार्टी फेरि उठ्छ´

images
  • सेतोमसी सहकर्मी
  • गगनले पोखरा पुगेर भने `कांग्रेस पार्टी फेरि उठ्छ´
    images
    images

     राजेश पराजुली, पोखरा । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एकै मञ्चमा देखिएका छन् । कांग्रेससंगको सहकार्य तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि महामन्त्रीद्वयले हिजोको घटनालाई पोखराको नेपाल लिटरेचर फेस्टिभलमा सम्झिएका छन् । महामन्त्री थापाले हिजोको घटना ‘स्नेक गेम’ जस्तै ९९ पुग्दै गर्दा एकै चोटि तल झरे जस्तो भएको बताएका छन् ।

    images
    images
    images

     

    images
    images
    images

    पोखरामा आएका महामन्त्री थापाले आफू दिनभर सभापति शेरबहादुर देउवाको फोन आउला भनेर पर्खिएर बसेको सुनाए । उनले भने, ‘म हिजो फोन खोलेर पार्टी सभापतिको कल मलाई कति खेर आउँछ भनेर कुरेर बसेको थिए । म कांग्रेसको महामन्त्री हुँ । म अहिले सांसद पनि हुँ । र पार्टीको विधानको हिसाबले दुई जना महामन्त्री संसदीय दलको सदस्य हौँ ।’

    images
    images
    images

    थापाले पार्टी सभापतिले पार्टीसँग छलफल गर्छु त्यसपछि गठबन्धनको बैठकमा अन्तिम निर्णय गर्छु भनेको समाचारमा पढेको सुनाए । उनले भने, ‘त्यो पार्टी भित्र म पनि पर्छु । हिजो भएको छलफल निवासमा भएको छलफल हो । घरमा नबोलाई पनि जाने कुरा भएन । म बोलाइएला भनेर कुरेर बसे ।’ उनले आफू अपमानित भएर पोखराको कार्यक्रममा आएको बताए । थापाले थपे, ‘त्यसैले म यहाँ आउँदै गर्दा अपमानित भएर आउँदै गरेको हुँ ।’ उनले कांग्रेस पार्टीलाई पुनः जागरण गर्ने प्रतिबद्धता पनि जनाएका छनन् ।

    उनले भने, ‘नेपाली कांग्रेस पार्टी फेरि उठ्छ, उठाइन्छ । कांग्रेसलाई पुनः प्रतिष्ठा र गौरव लायक पार्टी बनाइन्छ । म नेपाली कांग्रेस पार्टीलाई सुदृढ कसरी गर्ने, शुद्ध, सबल कसरी बनाउने त्यस विषयमा सोची रहेका छौं । हारजित प्रकरणको कुरा एकै छिन आयो सकियो ।’ अर्का महामन्त्री शर्माले आफू जितेर, हारेर आएको मान्छे भएको सुनाए ।

    ‘सबैभन्दा बढी सिट ल्याए पनि एमबाप्पे जस्तो बन्नु परेको छ । पद अर्केले लग्यो ।’ कांग्रेसले अबको पाँच वर्षपछि सरकारको नेतृत्व गर्ने उनले बताए । शर्माले भने,‘देशभरबाट साथीहरूले भएको के हो भनेर सोध्दा मैले भने, ‘डन्ट वरी, हामी छौं’,उनले थपे,‘जब केही भत्कन्छ तब निर्माणको प्रक्रिया पनि शुरु हुन्छ । यो नेपाली कांग्रेसका लागि टर्निङ पोइन्ट हो । जे जस्तो प्रकारको मिश्रण भएर सरकार बन्दै छ । हामी विश्लेषण गरेर यात्रा तय गर्नेछौँ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।