Logo

२०८३, आश्विन ९गते


images
images

कविता

कविता : चिहनाघाट अनि चार जना मान्छे 

कविता : चिहनाघाट अनि चार जना मान्छे 

images
  • सेतोमसी सहकर्मी
  • कविता : चिहनाघाट अनि चार जना मान्छे 
    images
    images

    चिहनाघाट अनि चार जना मान्छे 

    images
    images
    images

    फुस्रो, देखिने 
    अत्यास लाग्दो 
    उजाड मरुभूमीको छेउमा,
    कालो सिसै सिसाले बनेको चार तले महल 
    महलको माथिल्लो तलाको एउटा कोठामा   
    एक्लो म,
    अनि  
    मेरो बसाइ एक्लो। 

    images
    images
    images

    अचेल कोठाको साथी भएको छु ।  
    मलाइ चाहिने सामानहरु,
    मेरा साथी भएका छन्  
    म सुबिधा सम्पन्न महलमा रमाउन 
    नसकेको माछे 
    किनकि,
    हरेक दिन झ्यालबाट 
    अगाडी देखिने 
    त्यो चिहानघाट 
    अनि अगाडी ठुलो गेट नजिक 
    खजुरको बोटमुनी 
    हरेक दिन देखिन्छन् 
    चार जना मान्छे ।

    images
    images
    images

    म भने सँधै,
    बिहान काममा जान्छु र साँझ फर्किन्छु,
    जानु पुर्व र आए पश्चात देख्छु त्यही चिहानघाट 
    अनि ती चार जना मान्छे ,
    सूर्य पृथ्वीबाट ओझेल पर्दा रात हुन्छ 
    नजिकै मस्जिदबाट अल्लाह हो अकबरको आवाज आए संगै त्यहाँबाट,
    ओझेल पर्छन 
    चार  जना मान्छे। 
    रात बितेर बिहान हुनुअगावै 
    अल्लाह हो अकबरको आवाज आउँछ मस्जिदबाट 
    छोटो समयमै हाजिर हुन्छन् 
    ती चार जना मान्छे। 

    चिहानघाट हो 
    दैनिक भित्रिन्छन् लाशहरु,
    गेट भित्र लाशको प्रवेश सँगै 
    आउने आफन्तहरुको कोलाहल हुन्छ 
    धित मरुन्जेल रुन्छन , 
    कराउँछन् 
    समय उही हो,
    गेट भित्र आफन्तहरु रोए कराएपनि 
    गेट बाहिर खजुरको बोटमुनी मुस्कुराइरहेका हुन्छन्  
    ती चार जना मान्छे।

    हरेक दिन गेटभित्र भित्रिएका लाशहरु
    कहिले निस्किएनन्  र फर्किएनन् गेट बाहिर। 
    जमिन खनेर खाडल बनाइन्छ र त्यसैमा समाहित हुन्छन् । 
    लाशहरु अनि ती लाशका सपनाहरु 
    अन्तिम संस्कारमा पुगेका मानिसहरु 
    बाहिरिन्छन गेटबाट बिभिन्न आधुनिक 
    महँगा गाडीहरुमा। 
    खजुरको बोट मुनीबाट जुरुक्क उठेर दगुर्छन् 
    ती चार जना मान्छे ।

    उतैतिर जताबाट गाडी निस्किरहेका छन् 
    गाडी रोकिन्छ कालो सिसा तल तिर झर्छ 
    सेतो पोशाकमा सजिएको मान्छेले 
    भित्रबाट ,
    निकाल्छ हात सँगै हरिया नोटहरू 
    पुगछन् ती चार मानिसका हातमा 
    गाडीले आफ्नो बाटो तताउँछ
    अनि,
    आठ खुट्टा लम्किन्छन्  खजुरको 
    बोटमुनी। 
    देखिन्छ चार अनुहार खुशीले प्रफुल्लित भएको । 
    अचम्म लाग्छ कसैको मृत्युमा यती खुशी हुने
    मनुष्यहरू देख्दा ।

    बारम्बार यही प्रश्न उब्जी रहन्छ मेरो मनमा 
    यसरी नै हेरी रहन्छु 
    सँधै,
    चिहानघाट अनि ती चार जना मान्छे।

    ✍️ शोभाराम ओली

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शोभाराम ओली
  • # कविता
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।